अवैतनिक महावाणिज्यदूत पौडेल मलेसियामा कदरपत्रसहित सम्मानित 
News Desk
Jul-10 , 2022 तारिख 12:49 बेलुका

काठमाडौं । नेशन अफ हवाई राज्यका तर्फबाट नेपालका लागि अवैतनिक महावाणिज्यदूत तेजेन्द्र शर्मा पौडेल मलेसियामा कदरपत्रसहित सम्मानित हुनु भएको छ ।  नेशन अफ हवाई राज्यका अवैतनिक दूतहरुको भेला तथा औपचारिक भेटघाटको सिलसिलामा मलेसियाको एक हप्ते भ्रमणमा रहनु भएका पौडेललाई नियुक्तीको छोटो कार्यकालमा गर्नुभएको कार्यसम्पादनको उच्च मुल्याङ्कन  गर्दै कदर स्वरुप हवाई राज्यका तर्फबाट सम्मान गरिएको हो । उहाँलाई हवाइ राज्यका प्रमुख  पुहोनुवा डि के बम्पी कनाहेले र उप प्रमुख तथा परराष्ट्र मामिला मन्त्री जोन क्यालोह गार्सियाले संयुक्त रुपमा सम्मान गर्नुभएको थियो । मलेसियामा आयोजित कार्यक्रम एम्बेसडर एट लार्ज नेशन अफ हवाई मलेसिया वागं कक वाईको तत्वावधानमा भएको हो । 

यसै माझ अवैतनिक महावाणिज्यदूत पौडेलले नेशन अफ हवाईका अवैतनिक महावाणिज्यदूतहरुको भेलाका क्रममा नेपालको सांस्कृतिक र प्राकृतिक सम्पदा, पर्यटन संभावना, विकास, व्यापार साझेदारी तथा लगानीको वातावरण अनुकुल रहेको बताउनुहुँदै भ्रमणका लागि नेपाल विश्वकै उत्कृष्ट गन्तब्य तथा लगानीका लागि उपर्युक्त राष्ट्र रहेको उल्लेख गर्नुभएको थियो ।  

सो अवसरमा अवैतनिक महावाणिज्यदूत पौडेल विभिन्न देशका लागि हवाई राज्यका अवैतनिक महावाणिज्यदूतहरुसँग छुट्टाछुट्टै  भेट तथा छलफलमा सरिक हुनुका साथै  मलेसियाका शाही परिवार सदस्य तथा आरजिपी ग्रुपका अध्यक्ष वाईएम तेंकु सामसुल भरी, मलेसिया एशोसियसन अफ ट्राभल्स एजेण्टस् ९माटा० का अध्यक्ष गो होक जिन, मलेसियाका लागि नेपाली राजदुत तथा अधिकारी लगायतसँग भेटघाट गर्नुभएको थियो । महामहिम अवैतनिक महावाणिज्यदूत  पौडेलले मलेसियाको भ्रमणका क्रममा नेपाली दूतावासमा आयोजित कार्यक्रम माझ नेशन अफ हवाई, नेपालको पर्यटन प्रबद्र्धन, द्धिपक्षीय व्यापार र लगानी आदी विषयमा छलफल भएको उल्लेख गर्नुहुँदै भ्रमण नेपाल लगायतका देशको आपसी हितका निम्ति फलदायी रहनेमा आफू विश्वस्त रहेको राज्य दैनिकलाई प्रतिकृया दिदै भन्नुभयो 'औपचारिक कार्यक्रम तथा भेटका क्रममा हामीले द्धिपक्षीय एवम् बहुपक्षिय व्यापार, पर्यटन एवम अन्य क्षेत्रमा लगानी, मित्रता एवम भाईचारा अभिब्रिद्धी लगायतका आर्थिक, सामाजिक, राजनीतिक बिषयमा छलफल गर्र्र्यौ, मैले मुख्यरुपमा नेपालको पक्षमा पर्यटन विकासको पक्षमा जोडदार रुपमा आफनो तर्फबाट कुराहरु राखे । भ्रमण नेपाल लगायतका देशको आपसी हितका निम्ति फलदायी रहनेमा म विश्वस्त छु ।' 

साथै, उहाँले हवाई राज्यका तर्फबाट दक्षिण कोरियाका  लागि अवैतनिक महावाणिज्यदूतमा डानियल हो चेई नियुक्त हुनुभएको जानकारी समेत दिनुभयो । 
 

धेरै पढिएको