News Desk
बेल्जियम ─ २८ असार २०७९
बेल्जियम, यहि जुलाई दश तारिकको दिन अन्तर्राष्ट्रिय नेपाली समुदाय ओस्टेण्डे (NSO)बेल्जियम च्याप्टरले ओस्टेण्डेको नेपाली भाषा बिद्यालयको हलमा कविता वाचन गरेर २१० औँ भानु जयन्ती मनाएको छ । ओस्टेण्डे नेपाली समाज बेल्जियमको संयोजन र सद्भावमा मनाइएको भानु जयन्तिमा अनेसास बेल्जियम,नेपाली ब्याबशायी संघका अध्यक्ष यामु निरौला तथा एनआरएनए बेल्जियमका अध्यक्ष खड्ग केसीले क्रमश स्टेशनरी सामग्री,प्रिन्टिंग मेसिन र ल्यापटप कम्प्युटर नेपाली समुदाय ओस्टेण्डे (N S O ) का अध्यक्ष तथा भाषा स्कुलका शिक्षक ब्रह्म वाग्ले मार्फत नेपाली भाषा बिद्यालयलाई हस्तान्तरण गरेका थिए। बेनेलक्सका नेपाली राजदुत महामहिम गेहेन्द्र राजभण्डारीको प्रमुख आतिथ्यता,एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसी तथा अनेसास बेल्जियमका अध्यक्ष डिल्ली अम्माईको सभापतित्वमा सम्पन्न कार्यक्रम च्याप्टरका महासचिव लोकराज शर्माले सञ्चालन गर्नु भएको थियो।
कार्यक्रमका अन्य अतिथिहरुमा नेपाल पत्रकार महासंघ बेल्जियमका अध्यक्ष ओम शर्मा,नेपाली ब्याबशायी संघ बेल्जियमका अध्यक्ष यामु निरौला, ओस्टेण्डे नेपाली समाजका अध्यक्ष ब्रह्म वाग्ले,जन सम्पर्क समितिका महामन्त्री प्रकाश राज गिरि,जन प्रगतिशील मंचका प्रतिनिधि खेम न्यौपाने लगायत भाषिक तथा साहित्यिक गतिविधिमा चासो राख्नेहरुको उपस्थिति रहेको थियो। नेपाली दुतावासका महामहिम राजदुत र अनेसास बेल्जियमका अध्यक्षबाट पानसमा बत्ती बालेर आदिकवि भानुभक्तलाई श्रद्धासुमन ब्यक्त गरि कार्यक्रमको उद्घाटन गरिएको थियो । त्यसपछि राष्ट्रिय गानबाट मातृभूमिप्रति असिम श्रद्धा ब्याक्त गरियो। नेपाली समुदाय ओस्टेण्डे (NSO) अध्यक्ष तथा नेपाली भाषा शिक्षक ब्रह्म वाग्लेले विभिन्न संघ संस्थाका प्रतिनिधि,साहित्यप्रेमी शुभचिन्तक र आगन्तुक पाहुनहरुलाई नर्थ सीको किनारमा अबस्थित सुन्दर सहर ओस्टेण्डेमा स्वागत गर्दै भानुभक्तको योगदानबारे चर्चा गर्नुभएको थियो।
मन्तव्यको क्रममा भानु जयन्ती समारोहका प्रमुख अतिथि नेपाली राजदुत महामहिम गेहेन्द्र राजभण्डारीले प्रवासमा रहेर नेपाली भाषा साहित्यलाई उर्वर गराउनमा अनेसासको ठुलो योगदान रहेको भन्दै नेपाली भाषा बिद्यालयहरुको संचालन र सहकार्यमा नेपाली दुतावास सदैब तम्तयार रहेको बताउनु भयो। त्यस्तै विशिष्ट अतिथिको आसनबाट बोल्दै एनआरएनए बेल्जियमका अध्यक्ष खड्क केशीले अनेसास बेल्जियमको कार्यक्रममा आउँदा मन नै हल्का हुने बताउदै नेपाली भाषा स्कुललाई प्राबिधिक,आर्थिक र नैतिक सहयोग गर्न पाउनु गौरबको कुरा भएको बताउनु भयो। नेपाली पहिचान बचाउन भाषा स्कुलको अनिवार्यतालाई जोड दिनु पर्ने बताउदै नेपाल पत्रकार महासंघका अध्यक्ष ओम शर्माले अनेसासको ‘भाषा बचाउँ अभियान’को प्रसंसा गर्नु भएको थियो। शर्माले ओस्टेण्डे समाजले बेल्जियमको सामुन्द्रिक किनारमा सबै नेपाली भाषा प्रेमीहरुलाई आतिथ्यता प्रदान गरेकोमा धन्यबाद समेत दिनुभएको थियो । त्यस्तै अतिथि नेपाली ब्याबशायी संघका अध्यक्ष यामु निरौलाले स्कुललाई प्रिन्ट मेसिन प्रदान गर्दा आँफु गौरवान्वित महसुस भएको भन्दै साहित्यिक सृजनामा समयाभावको कारण लाग्न नसके पनि कुनै न कुनै रुपबाट जोडिन चाहेको बताउनु भयो।
कार्यक्रममा परमानन्द सापकोटा,जमुना गैह्रे,यामु निरौला,गोपाल दाहाल, ओम शर्मा,प्रकास राज गिरी,लोकनाथ शर्मा,मोहन खत्री,सौरभ कारान्जित, सुदर्शन घिमिरे,तारा वाग्ले,देवदर्शन घिमिरे,अर्जुन रत्न भिखारी,डिल्ली अम्माई लगायत ओस्टनडेका स्थानिय स्रष्टाहरुले पनि आफ्ना गित,गजल,मुक्तक र कविताहरु सुनाए । दुई घण्टासम्म चलेको कार्यक्रमको अन्त्यमा कार्यक्रमका सभापति डिल्ली अम्माईले अनेसासले विगतका वर्षमा सम्पन्न गरेको र आगामी दिनमा गर्न सकिने कार्यहरुको समीक्षात्मक टिपोट प्रस्तुत गर्दै डायस्पोरामा नेपाली भाषा साहित्यको प्रवर्धनमा लागि पर्ने सहयोगी हातहरु तथा २१०औँ भानु जयन्तीमा सहभागीहरुलाई धन्यबाद दिनुभएको थियो ।अम्माईले भानु जयन्तिको संयोजनकारी भूमिकामा महत्वपुर्ण योगदान पुर्याएकोमा नेपाली समुदाय ओस्टेण्डे (N S O ) परिवारका साथै उक्त समुदायका अध्यक्ष ब्रहम वाग्ले प्रति असिम आभार ब्यक्त गर्नु भएको थियो। स्मरण रहोस,सोहि दिन बिहान महामहिम राजदुत गेहेन्द्र राजभण्डारी तथा एनआरएनए बेल्जियमका अध्यक्ष खड्क बहादुर केसी लगायतको टोलिले नेपाली समुदाय ओस्टेण्डेले संचालनमा ल्याएको नेपाली मन्दिर अबलोकन समेत गर्नु भएको थियो।