लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२२ को उपाधि ईशानी र सुर्बिलाई
News Desk
Jul-13 , 2022 तारिख 04:15 बेलुका

काठमाण्डौं । फेशन ईराद्धारा आयोजित लिटिल स्टार प्रिन्स एण्ड प्रिन्सेस २०२२ को उपाधि ईशानी पोद्धार र सुर्बि शाक्यले जितेका छन् ।सुर्बिले समुह ए बाट स्पर्धामा उपाधि हात पार्दा सुर्बिले समुह बीबाट स्पर्धामा सर्वोकृष्ट बन्दै विजेता घोषित भएका हुन् ।ईशानी र सुर्बिले शिर्ष उपाधि जित्दा जुलियाना खत्री र श्रव्या श्रेष्ठले फस्र्ट रनर अपको उपाधि आत पारे ।

त्यस्तै प्रतियोगितामा सुब्रन खड्का र दक्षिणा शर्माले सेकेण्ड रनर अपको टाईटल जित्न सफल रहे । त्यसैगरि, आर्सिया कार्की र आयश कठायतले अर्गनाईजर च्वाईसको हासिल गरे । प्रतियोगिता पश्चात् राज्य दैनिकसँग संक्षिप्त कुराकानी गर्दै आयोजक संस्था फेशन ईराका आनन्द सिंहले कार्यक्रम सौहार्दपूर्ण वातावरणमा सम्पन्न भएको र प्रतियोगीमा उत्साह देखिएकाले खुसी लागेको बताए ।

धेरै पढिएको