बेलौरीमा कालो प्लाष्टिक झोला प्रयोग गर्न प्रतिबन्ध
News Desk
Jul-14 , 2022 तारिख 12:04 बेलुका

कञ्चनपुर-३० असार २०७९

कञ्चनपु,  कञ्चनपुर जिल्लाको बेलौरी नगरपालिकाले कालो प्लास्टिक (पोलिथिन) झोला प्रयोग गर्न प्रतिबन्ध लगाएको छ ।

नगरपालिकाले सार्बजनिक सुचना प्रकाशित गर्दै आउने साउन १ गतेदेखि लागु हुने गरी कालो प्लास्टिक झोला प्रयोगमा प्रतिबन्ध लगाउने जनाएको छ ।

नगरपालिकाभित्र बसोबास गर्ने उद्योगी, ब्यवसायी, तथा आम नागरिकलाई पोलिथिन झोला प्रयोग नगर्न आह्वान गरिएको छ ।

स्वच्छ, सफा एवम् बातावरणमैत्री नगर निर्माण गर्ने उद्धेश्यले कालो पोलिथिन झोला प्रयोगमा प्रतिबन्ध लगाउने निर्णय भएको नगर प्रमुख पोतिलाल चौधरीले जानकारी गराउनु भयो ।

नगर प्रमुख चौधरीले पोलिथिन झोलाको सट्टा बैकल्पिक झोला कागज वा कपडाको झोला प्रयोग गर्न नगरबासीलाई आह्वान गर्नुभएको छ ।

धेरै पढिएको