आइएमएस ग्रुपद्धारा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च
News Desk
Aug-18 , 2022 तारिख 11:17 बिहान

काठमाडौं ─ ०२ साउन २०७९

काठमाडौं, आइएमएस ग्रुपले नेपालमा फ्रान्सेली ब्रान्ड ‘पाराकिटो’ लन्च गरेको छ । जसअनुसार आइमएसले ब्रान्डको एकमात्र राष्ट्रिय वितरक प्राप्त गरेको विज्ञप्तिमार्फत जनाएको छ । पाराकिटो लामखुट्टे र टिक विकर्षक फ्रान्सेली ब्रान्ड हो, जसले प्राकृतिक रूपमा लामखुट्टे र टिक्सहरूबाट जोगाउने कम्पनीको भनाइ छ ।

यसले रिस्टब्यान्ड, स्प्रे, क्लिप र रोल अन जस्ता विभिन्न प्रकारका उत्पादनहरू प्रदान गर्ने कम्पनीको भनाइ छ । यस्तै पानी र पसिना प्रतिरोधी, दीर्घकालिन, वातावरण मैत्री, बिरुवामा आधारित र मदिरा रहित पनि रहेको छ। पाराकिटो आइएमएस लिटल स्माइलस शोरुमहरूमा उपलब्ध रहेको जनाइएको छ ।

धेरै पढिएको