News Desk
काठमाण्डौं-२०७९ साल मँसीर ४ गते हुन गईरहेको सँघ र प्रदेस चुनाबले राजनितीक दल र स्वतन्त्र उम्मेदवारमा सरगर्मि बडाई रहेको छ। यसै सिलसिलामा हरी भक्त श्रेष्ठको पनि काठमाण्डौंक्षेत्र न.५ प्रदेश १(क) मा उम्मेद्बारी दाबी गर्नु भएको छ। ब्याचलरसम्मको पढाई गर्नु भएको उहाँको स्थाई ठेगाना लाजीम्पाट वडा न:२ हो। यो वडा प्रदेस-१( क ) अन्तगत पर्दछ। पर्यटन ब्यबसायमा उतकृष्ठ कर्मगरि स्थापीत हुनुहुन्छ। उहाँ भन्नुहुन्छ मेरो घर बनाउनु छैन, परिबार पाल्न आफ्नै आम्दानीले पुग्छ , मलाई किन गर्नु परयो भष्ट्राचार ? म भष्ट्राचार बिरोधी हुँ , यहि नै राज्यको प्रमुख दुस्मन हो। यस्लाई सुधार्न सकिए देशले काचुली फेर्छ, भन्नुहुन्छ। उर्जावान ब्यक्तित्वका धनि मिलनसार र विभिन्न सँघ सस्थाँ मार्फत समाजसेवा पनि हुनुहुन्छ। पर्यटन ब्यबसायमा ३० ओै बर्ष ब्यबसाय गरेर , ट्राभल्स र होटल ब्यबसायमा स्थापीत हुनुहुन्छ। राजनीतीमा भष्ट्राचारले नेताहरु डुङ्गडुङ्गती गनाएको देखेर , राजनितीबाट नै त्यो सफाई गर्न सकिने र गर्नी कसम खानुहुन्छ।एउटा नेतालाई कति पैसा चाहिन्छ, बाच्न र परिवार पाल्न , किन यति विधि पैसा चाहीयो? नेताहरुको पैसा प्रत्रीको भोक देखेर अचम्म मान्नुहुन्छ। न व्यापार छ, न कुनै कारोबार छ तर अकुत सम्पती सुन्दा र हेर्दा , यहि नै यो देशको दुरभाग्य हो यो देशको भन्नुहुन्छ।
यो देशमा भष्ट्राचार गर्नीहरुले नै म भष्ट्राचार गर्दिन र गर्न पनि दिन्न भन्ने सोलोगान बनाय, जस्ले देसलाई भिकमङ्गा बनाए त्यहि नेता नै समृद्धिको सोलोगान बनाए। त्यसैले यो देशमा बिकास भएन किन त्यो नेताहरुलाई देस बिकास गर्नु नै थिएन। हामी जस्ता असल नागरीकले देशको बारेमा नसोच्नी हो भने कस्ले सोच्छ? धेरै हेरियो यी नेताहरुका भिजन अब उहाँहरुलाई पनि देसको बिकास गर्ने ईच्छा छ भने एकपल्ट हामीजस्ता सक्षम र सबल मान्छेलाई सहयोग गर्दा के बिग्रिन्छ। हैन भने उहाँहरु पैसा कमाउनकोलागी मात्र नेता बन्नी रहेछ भन्ने आम जनसमुदायले बुज्नेछन। म मेरो प्रदेसको माननीय नारायण सिलवाललाई यश पटक छोडेर हामीलाई मार्गपरस्त गर्न अनुरोध गर्दछु। कुनै समय हामी सँगै काम गरेका थियोै भने एकपल्ट नयाँ अनुहारलाई सहयोग गर्न किन हुदैन। श्रेष्ठको कुरा सुन्दा र बुज्दा उहाँको देस बिकास गर्नि र भष्ट्राचार रोक्नी गजबको सोच भेट्टाएम। उहाँलाई आउँदाे प्रदेसको चुनाबको हार्दिक शुभकामना ।