महिला चेम्बरको आयोजनामा डिजीटल मार्केटिङ तालिम सम्पन्न
News Desk
Aug-21 , 2022 तारिख 05:51 बेलुका

काठमाडाैं । नेपाल महिला चेम्बरको आयोजनामा डिजिटल मार्केटिङ तालिम सम्पन्न भएको छ ।

 

सूचना प्रविधिको विकाससंगै बस्तुहरुको उत्पादन प्रर्वद्धन एवम् बजारीकरणमा सहयोग गर्ने उद्देश्यले नेपाल चेम्बर अफ कमर्स अन्र्तगतको महिला चेम्बरले डिजिटल मार्केटिङको तालिम आयोजना गरेको थियो । करिब १ साता चलेको डिजिटल मार्केटिङको तालिममा ३४ जना महिला एवं युवतीहरुले सहभागिता जनाएका थिए ।

 

तालिमको समापन अवसरमा नेपाल महिला चेम्वरकी अध्यक्ष उर्मिला श्रेष्ठले नेपाली महिलाहरुलाइ मुलुकको आर्थिक कृयाकलापमा सहभागी गराउन तालिमको आयोजना गरिएको बताइन । चेम्बर महिलाले विभिन्न क्षेत्रमा तालिम आयोजना गर्दै आईरहेको भन्दै अध्यक्ष श्रेष्ठले आगामी दिनमा पनि निरन्तरता दिने बताइन् ।

धेरै पढिएको