अभियन्ता अर्याल बालबालिकालाई नेपाल चिनाउने अभियान लिएर दरबार हाईस्कुलमा
News Desk
Aug-24 , 2022 तारिख 05:16 बेलुका


काठमाण्डौं । अभियन्ता ईश्वर अर्याल बालबालिकालाई नेपाल चिनाउने अभियानका साथ नेपालको पहिलो विद्यालय दरबार हाईस्कुल अर्थात भानु माध्यमिक विद्यालय पुग्नुभएको छ । नेपाल सरकार नापी विभागका पूर्व सर्वेक्षक अर्यालले शुरु गर्नुभएको नेपाल चिनाउने अभियान अन्तर्गत नेपालको नक्सा वितरण कार्यक्रम लिएर उहाँ भानु माध्यमिक विद्यालय पुग्नु भएको हो ।    सो अवसरमा उहाँले आफनै सौजन्यमा भानु विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत  करिब १५० जना छात्र छात्राहरूलाई नेपालको नक्सा वितरण गर्नुभयो । नेपालको नयाँँ नक्सा वितरण गर्नुका साथै उपहार स्वरूप विद्यालयलाई पनि नेपालको नक्सा प्रदान गर्नु भयो। नेपाल सरकार नापी विभागका पूर्व सर्वेक्षक ईश्वर अर्यालले शुरु गर्नुभएको नेपाल चिनाउने अभियानको यो ३६ औं श्रृंखला हो । उहाँको अभियानप्रति एक्येबद्धता जनाउनुहुँदै साथमा नागार्जुन नगरपालिकाका सदस्य राम प्रसाद खनाल, पूर्व नापी अधिकृत महेन्द्र अर्याल लगायतले नक्सा वितरण कार्यक्रममा सहभागीता जनाउनु भएको थियो ।  कार्यक्रममा विद्यालयकी प्राध्यानाध्यापक शारदा पौडेल लगायतका शिक्षक शिक्षिकाहरुको उपस्थिती समेत रहेको थियो ।  

यस अघि उहाँले काठमाण्डौं पुतलीसडक स्थित पद्मोदय मा वि,  डिल्लीबजार स्थित कन्या मा वि, तारकेश्वर स्थित नेपाल राष्ट्रिय मा वि र मानसिं धर्म स्कुल, धादिङ्ग जिल्ला ज्वालामुखी गापा वडा नं ५ को वालादेवी मा वि, त्रिपुरा सुन्दरी मा वि, अन्नपुर्ण मा वि लगायतका विभिन्न विद्यालयमा पुगेर विद्यार्थीहरुलाई नेपालको नक्सा वितरण गर्नुभएको छ । 
नेपाल सरकार मातहत नापी विभागका पूर्व सर्वेक्षक समेत रहनुभएका अभियन्ता अर्यालले स्कुले बालबालिकाहरुलाई नक्साको महत्व बारे जानकारी दिनुहुँदै नेपाल चिनाउने अभिप्रायका साथ आफूले नयाँ नक्सा वितरण अभियान संचालन गरेको बताउनुभयो । उहाँले नक्सा वितरण पश्चात बालबालिकामा राष्ट्रि«यताप्रति अझ जिम्मेवार बन्न प्रेरणा मिल्ने साथै शिक्षण सिकाई र भविष्यमा विश्वको जुनसुकै कुनामा भ्रमणमा निस्केका बेला व्यवहारमा उतार्न सहज हुने उल्लेख गर्नुभयो । 

धेरै पढिएको