News Desk
काठमाडौं । नेपालकै उत्कृष्ट लेडिज एवम् जेन्टस् व्युटि शैलुनको नामले परिचित रहदै आएको फेसियल हाउसले तीज महोत्सव २०७९ आयोजना गरेको छ । फेसियल हाउसले शुक्रबार त्रिपुरेश्वर स्थित बगेनभिल्ला परिसरमा तीज महोत्सव आयोजना गरेको हो । सो अवसरमा महोत्सवको उद्घाटन गर्नुहुँदै नेपाल उद्योग वाणिज्य महासंघ कि निवर्तमान अध्यक्ष भवानी राणाले तीजको आफनै सांस्कृतिक र व्यवसायिक महत्व रहेको उल्लेख गर्नुहुँदै फेसियल हाउसले आयोजना गरेको महोत्सव कार्यक्रमले तीजको महत्व दर्शाउने बताउनुभयो ।
फेसियल हाउसकी प्रबन्ध निर्देशक एवम् बरिष्ठ सौन्दर्यविद् सुस्मा महराले आपसमा सद्भभाव बाढने उदेश्यले फेसियल हाउस तीज महोत्सव २०७९ आयोजना गरिएको र महोत्सव कोभिडका कारण तीन बर्षपछि आयोजनामा आएको जनाउनुभयो ।
कार्यक्रममा प्राध्यापक राज्यश्री श्रेष्ठले नेपालमा व्युटिसियनहरुको संख्या दिनानुदिन बढदै गएको उल्लेख गर्नुहुँदै सबैमाझ हातेमालो हुनसके यस क्षेत्रलाई थप व्यापकता दिन सकिने बताउनुभयो ।
त्यसैगरि, बरिष्ठ सौन्दर्यविदद्व्य कमला श्रेष्ठले सौन्दर्य व्यवसाय ओझेलमा परिरहेको अवस्था माझ उद्योगको रूपमा स्थापित गराउन सफल भएको बताउनुहुँदै हाल ८ देखी १२ कक्षासम्म पाठयक्रममा समावेश हुनु सुखद रहेको उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्राध्यापक अरूणा रायमाझी, शशी शाह लगायतको उपस्थिती रहेको थियो ।
सो अवसरमा लक्ष्मी बर्देवा र जीवन भट्टराई दम्पतीलाई शिवपार्वती सम्मानबाट सम्मानित गरिएको गरियो भने महिला उद्यमीतर्फ रेखा शर्मा चौधरी लगायतलाई सम्मान गरिएको थियो ।
तीजको दरखाने कार्यक्रम सहितको उक्त महोत्सव कार्यक्रमका सहभागी महिला दिदी बहिनीहरुले तीज गीतमा नाचगाना समेत गरेका थिए ।