रोजगार तथा सीप सम्मेलनमार्फत आप्रवासी नीति परिवर्तन गर्ने तयारीमा अस्ट्रेलिया
News Desk
Aug-28 , 2022 तारिख 06:52 बिहान

 

-डिएन घिसिङ् 
सिडनी ।अष्ट्रेलिया रोजगार तथा सीप सम्मेलनमार्फत आप्रवासी नीति परिवर्तन गर्ने तयारीमा जुटेको छ । सो का लागी अष्ट्रेलियाली सरकारले आगामी सेप्टेम्बर १ र २ तारिखमा क्यानबेरामा शिखर सम्मेलन आयोजना गर्दैछ ।  सम्मेलन क्यानबेरा स्थित  संसद भवन परिसरमा हुन लागेको हो ।  शिखर सम्मेलनमा साझा आर्थिक चुनौतिहरूको समिक्षा गर्दै रोजगारदाताहरू,नागरिक समाज र स्थानीय सरकार लगायत अष्ट्रेलियालीहरूलाई एकसाथ सम्बोधन गरिने सरकारी संचार माध्यमले जनाएको छ।
         
अस्ट्रेलियामा मुद्रास्फीति र ब्याजदर समस्या, घट्दो वास्तविक ज्याला र  डलर ऋणको बढोत्तरी भएसँगै हालै बनेको नयाँ सरकारले आर्थिक चुनौतीका बिषयमा समेत छलफलको सुची तयार गरेको छ। 

      शिखर सम्मेलनको नेतृत्व प्रधानमन्त्री एन्थोनी अल्बानिजले गर्नेछन् ।सरकारले कामदार अभावको समस्या समाधानका लागि स्थायी भिसाको संख्यालाई थप गर्ने बिषयमा छलफल अगाडी बढाएको रोजगार मन्त्री ब्रेन्डन ओ कोनरले बताउनुभयो ।देशमा देखिएको कामदार अभावको समस्या समाधानका लागि सरकार प्रतिबद्ध रहेको समेत उहाँको जिकिर छ । यता, बिपक्षी पार्टी लिबरलका नेताले भने रोजगार तथा सीप सम्मेलन र सरकारको प्रतिबद्धतालाई सस्तो लोकप्रियताको फण्डा भएको दाबी गर्दैआएका छन् ।
    
कोरोना महामारीका  कारण करिब दुई वर्षसम्म सीमा सील गरेको अस्ट्रेलिया यतिबेला दक्ष कामदारको अभाव मात्रै झेलिरहेको छैन थुप्रै व्यवसायहरू कामदार अभावकै कारण बन्द भएका छन् ।
अस्ट्रेलियाका विभिन्न सङ्गठनहरूले आप्रवासी कामदार र अस्थायी भिसामा रहेकाहरूको अवस्थाका बारेमा चासो देखाएपनि कामदार अभावको समस्या हल हुन सकेको छैन 
   
सरकारले कामदार परिपूर्तिका लागी दक्ष कामदार अस्ट्रेलिया भित्राउने र यही रहेका अस्थायी भिसा भएकालाई स्थायी बसोबासका लागि सहजिकरण गर्ने बताउँदै आएको छ ।

धेरै पढिएको