News Desk
काठमाडौं । अभियन्ता ईश्वर अर्यालले पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई नेपालको नयाँ नक्सा हस्ताण्तरण गर्नुभएको छ । नेपाल चिनाउने अभियानका साथ नेपालको आधिकारीक नक्सा वितरण गर्दै आउनु भएका अर्याल ४२ औ दिन बालकोट स्थित ओली निवास पुगी उहाँलाई नक्सा प्रदान गर्नुभएको हो । नापी विभागका पुर्व कर्मचारी (सर्वेक्षक) अर्यालले ओलीसँगको छलफलमा भुगोल बिषयको महत्व दर्शाउदै कम्तिमा ८/९/१० कक्षामा भुगोल बिषयलाई अनिवार्य बिषय बनाउन पर्ने राय पेश गर्नुहुँदै पहलका लागी अनुरोध समेत गर्नुभयो।अर्याल हाल त्रि. बि. भुगोल केन्द्रिय विभागमा विद्यावारिधी अध्ययनरत हुनुहुन्छ।