News Desk
डिएन घिसिङ
अस्ट्रेलियामा अध्ययनरत विदेशी विद्यार्थीहरुमा अस्ट्रेलिययन पिआर अर्थात स्थायी बासिन्दा परिचयपत्रलाई निकै आकर्षक रुपमा हेर्ने गरिएको पाईन्छ।अन्तर्राष्ट्रिय विद्यार्थीहरूले आफ्नो आंशिक वा पुरक शिक्षा पूरा गरेपछि अष्ट्रेलियामा स्थायी बसोबास गर्नको लागि स्वतन्त्र भिसाका लागि पहल गर्ने गर्दछन्। उनीहरु पिआरलाई उत्तम अवसरका रुपमा लिने गर्दछन्। अष्ट्रेलियाका नागरिक सरह सुबिधा तथा सेवा उपलब्धता हुने भएकाले पनि स्थायी निवासी बन्ने मोह बढेको हो।अष्ट्रेलियाली सरकारको निर्वाचनमा मतदान तथा उम्मेदवारीका रुपमा सहभागी हुन बाहेक अष्ट्रेलियाली नागरिकले पाउने सरहको सुविधा राज्यले प्रदान गर्दै आइरहेको छ।
अस्ट्रेलियाका अधिकांश शहरमा अध्ययनरत बिद्यार्थीले पिआरका निम्ति चुनौती सामाना गर्नुपर्ने हुन्छ।पिआर हुनपूर्व विद्यार्थीकालिन अवस्थामा उनीहरुले पिआरको अधिक संभावनाको रूपमा रोजगारी मार्फत उल्लेखित करको दायरामा समेटिदै दुर्गम भेगको बसाईलाई मह्त्व दिएका हुन्छन्।यसर्थ पनि बिद्यार्थीहरु दुर्गम भेगको बसाईतर्फ केन्द्रित हुँदै आइरहेको छन्। शिक्षा,सीप तथा रोजगारलाई एउटै मन्त्रालयको मातहतमा अस्ट्रेलियन सरकारले राखेकाले पनि नितिगत रुपमा दक्ष मानव जनशक्ति तयार गर्न सजिलो पर्न जाने त्यहाँको बुझाई छ ।
विदेशी विद्यार्थीलाई आकर्षक सुबिधा दिने र दक्ष जनशक्तिलाई मुलुकका औद्योगिक तथा बवकास परियोजनामा सहभागी गराउँदा समृद्ध दीर्घकालीन विकास हुने कुरामा अस्ट्रेलियन सरकारको नीतिले स्पष्ट दर्शाएको छ।जसले गर्दा अर्थ व्यवस्था सुदृढ हुनका साथै महादेशकै हिसाबले पनि शक्तिशालीको रूपमा उदाउँदो छ।छिमेकी मुलुक सिमा लगाएतका विषयलाई अस्ट्रेलियन सरकारले आप्रवासी नीतिमा समेत परिवर्तन गर्ने तयारी गरेको छ।जसमा शिक्षा र सिपलाई प्रमुख आधारको रुपमा औंल्याईएको छ। दक्ष जनशक्तिको आपूर्तिमा राज्यको ध्यान केन्द्रित भएको देखिन्छ।
कोरोना सक्रमण कालिन अवस्थामा अस्ट्रेलियन सरकारले लगाएको सीमा सिलले आर्थिक र सामाजिक चुनौती बढेपछि कामदार अभावलाई थप परिपुर्ति गर्ने नीति नै तर्जुमा गरिएको छ।जसमा विदेशी बिद्यार्थी तथा आप्रवासी समुदायलाई राज्यको सुविधा दिने र दक्ष जनशक्तिका रुपमा अगाडी सार्ने प्रयास देखाएको छ। प्रारम्भिक चरणमा अस्थायी बसोबास साथै स्थायी बसोबासको अवधारणामा अस्ट्रेलिया सरकारले विद्यार्थीहरुलाई प्राथमिकतामा राखेको छ। राज्यले गरेको निर्देशन तर्जुमा गर्न सकेमा कुनैपनी विद्यार्थीका लागी स्थायी बसोबास अर्थात पिआर हासिल गर्न सहजीकरण हुने जनाएको छ।
एकातिर विदेशी विद्यार्थी वा ब्यापारीले पिआरको सुबिधामा परिवारका सदस्यहरुलाई आमन्त्रण गर्न सक्ने कानुनी व्यवस्थाले पनि स्थायी परिचय पत्र अर्थात पिआर कार्डमा मोह बढेको हो। उच्चस्तरीय शैक्षिक ज्ञान हासिल गर्न अस्ट्रेलियाको विश्वविद्यालयमा आउने एसियाली मुलकका विद्यार्थी तथा दक्षिणी अफ्रिकाका विद्यार्थीहरुमा पिआर मोह अधिक रहेको सरकारी तथ्यांकले पुष्टि गर्दछ ।मुलत आर्थिक तथा व्यक्तिगत अवस्थालाई मजबुत बनाउने भएतापनी अध्ययन गर्न आउने मुलुकका लागी भने दक्ष मानव जनशक्तिको पारिवारिक बसाइँसराइले सामाजिक चुनौती बढ्दो खतराको रुपमा रहेको औंल्याईएको छ।
अष्ट्रेलिया सधैं बसाइँसराई गर्न चाहने व्यक्तिहरूको लागि लोकप्रिय छनोट भएको छ। देशमा अनुकूल वातावरण यसको मुल कारण हो । समृद्ध अर्थतन्त्रका कारण यहाँ रोजगारीका अवसरहरू पनि प्रशस्त छन्। अष्ट्रेलियाले राम्रो गुणस्तरको जीवन र बहुसांस्कृतिक समाजको प्रतिज्ञा गरेको छ, जहाँ शान्ति र सद्भाव पनि छ। तसर्थ अष्ट्रेलियामा रहेका विदेशी विद्यार्थीमा पिआर मोह बढेको छ । अर्थात, उनीहरु त्यहाँको स्थायी वासिन्दा बन्न आतुर देखिन्छन् ।