काँग्रेसका युवा नेता रामप्रसाद अधिकारीको चितवन क्षेत्र नं ३ प्रदेश (क) बाट प्रदेशसभामा निर्वाचन लड्ने घोषणा 
News Desk
Aug-31 , 2022 तारिख 01:41 बेलुका

 

काठमाडौँ, १५ भदौ । नेपाली काँग्रेसका युवा नेता रामप्रसाद अधिकारीले चितवन क्षेत्र नं ३ प्रदेश ९क० बाट प्रदेशसभामा निर्वाचन लड्ने घोषणा गरेका छन् । नेपाल विद्यार्थी संघमा हुँदै माउ पार्टिको मुलधारमा समाहित अधिकारीले मंसीर ४ गते एकै साथ हुन लागेको प्रतिनिधीसभा तथा प्रदेशसभा निर्वाचनका लागि आफ्नो उम्मेवारी  घोषणा गरेका हुन् । 

नेविसंघको राजनीतिमा झण्डै २० वर्ष  विताएका अधिकारीले अमृत साइन्स क्याम्पस ठमेलमा प्रदीप पौडेल नेविसंघको अध्यक्ष भएको बेलामा सहसचिवको भूमिका निर्वाह गरेका थिए । विस २०५५ सालमा अमृत साइन्स क्याम्पस नेविसंघको सभापति, विस २०५८ सालको आन्दोलनमा सक्रिय सहभागिता खेलेका अधिकारी विस २०५९ सालमा नेविसंघको केन्द्रीय सदस्य निर्वाचित भएका थिए ।विस २०६२÷०६३ सालको जनआन्दोलनमा अग्र मोर्चामा रहेर आन्दोलन हाँकेका अधिकारी विसं २०६४ सालमा नेविसंघको प्रवक्ता मनोनित भएका थिए । विस २०६६ सालमा नेविसंघको सहमहामन्त्री बनेका अधिकारी विस २०७० सालमा उपाध्यक्ष निर्वाचित भएका थिए ।

नेपाली काँग्रेसको छातामुनी बसेर विद्यार्थी आन्दोलनलाई अगाडि बढाएका अधिकारीले पार्टीभित्र गरेको योगदानलाई मूल्याङ्कन गर्न उनलाई प्रदेशसभा निर्वाचनमा टिकट दिनुपर्ने माग पश्चिम चितवनमा उठेको छ ।उनी काँग्रेस पंक्तिमा इमान्दार र जुझारु नेताका रुपमा समेत परिचित छन् ।  जनस्तर र कार्यकर्तासँग सहजै घुलमिल हुन सक्ने खुबीका अधिकारी चर्चित र उदयी नेतामा गनिन्छन्  ।

पछिल्लो समय राजनीतिक पार्टीमा युवाहरुको प्रतिधित्व कम हुँदै गएको र स्वतन्त्र उम्मेवार हावी भइरहेको बेलामा ५० प्रतिशत युवालाई टिकट दिनुपर्ने आवाज उठिरहेको बेला अधिकारीलाई स्वभाविक उम्मेद्वारको रुपमा हेरिउको छ।

धेरै पढिएको