पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन भिजन क्लवस् इन्टरनेशनलको आर्थिक सहयोग
News Desk
Aug-31 , 2022 तारिख 08:35 बेलुका

 

काठमाडौं ।  भिजन क्लवस् ईन्टरनेशनल अन्तर्गतका दुई क्लब  भिजन क्लव अफ अमेरिका र भिजन क्लव अफ काठमाडौंको सहयोगमा पशुपति आर्यघाटमा वेवारिस लासहरू जलाउन आर्थिक सहयोग गरिएको छ । भिजन क्लवस् ईन्टरनेशनलका अध्यक्ष  मंगलदास श्रेष्ठले बुधबार विनयजंग बस्नेतलाई नेपाली रूपैया ८८,९७९.०२ को चेक हस्तान्तरण गर्नु भयो ।  


अमेरिकामा बसोबास गर्दै आउनु हुने व्यक्तीहरुबाट उक्त सहयोग  रकम संकलन भएका अध्यक्ष श्रेष्ठले बताउनु भयो । 

सहयोगी दाताको नामावली तथा सहयोग रकम 
तपसिलः
१, मंगल दास श्रेष्ठ- एक सय अमेरिकी डलर 
२, दिपक सापकोटा -एक सय अमेरिकी डलर 
३, बिरेन्द्र गुभाजु शाक्य- एक सय अमेरिकी डलर 
४, श्याम श्रेष्ठ -एक सय अमेरिकी डलर 
५, जयन्द्र लामा -एकाउन्न अमेरिकी डलर 
६, पूर्ण भण्डारी- पचास अमेरिकी डलर 
७, किरण श्रेष्ठ-पचास अमेरिकी डलर 
८, पशुपति श्रेष्ठ- पचास अमेरिकी डलर 
९, धर्मेन्द्र गोपाली  -एकाउन्न अमेरिकी डलर 
१०, नारायण बस्नेत- पचास अष्ट्रेलियन डलर

धेरै पढिएको