News Desk
काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवम् पूर्वमन्त्री शंकर भण्डारीलाई मातृशोक परेको छ। उहाँकी ममतामयी आमा दमयन्तीकुमारी भण्डारीको ९७ वर्षको उमेरमा ग्राण्डी अस्पताल काठमाडौमा निधन भएको हो।
उहाँका ४ छोरा १ छोरी छन्। उहाँको पार्थिव शरीरलाई आजै ७.३०बजे पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने परिवारले जनाएको छ।