नेपालको नक्सा वितरण गर्न अभियन्ता अर्याल बुटवलमा
News Desk
Sep-03 , 2022 तारिख 11:43 बिहान

बुटवल । बुटवल स्थित नेपालको ठुलो सामुदायिक विद्यालय कालिका मावि र सैनामैना स्थित रामापुर नमुना माध्यमिक विद्यालयमा नेपालको नक्सा वितरण कार्यक्रम सम्पन्न भएको छ । बालबालिकालाई नेपाल चिनाउने अभियानका साथ अभियन्ता ईश्वर अर्यालबाट संचालित नेपालको नक्सा वितरण कार्यक्रम अन्तर्गत विहिवार र शुक्रबार उक्त विद्यालयहरुमा उक्त नक्सा वितरण कार्यक्रम सम्पन्न भएको हो । आफनै खर्चमा नक्सा वितरण कार्यक्रम संचालन गर्दै आउनु भएका अभियन्ता अर्यालले कालिका विद्यालयमा कक्षा ९ र १० मा अध्ययनरत करिब ११ सय र रामापुर नमुना माध्यमिक विद्यालयमा अध्ययनरत ३ सय ५९ जना छात्रछात्राहरूलाई नेपालको नक्सा वितरण गर्नुभयो । सो अवसरमा उहाँले विद्यालयलाई पनि नेपालको नक्सा प्रदानगर्नु भयो। विद्यालयको तर्फबाट कालिकाका सह-प्रधानाध्यापक पिताम्वर बन्जाडे र रामापुरका प्रधानाध्यापक कृष्ण प्रसाद पौडेलले उक्त नक्सा ग्रहण गर्नुभएको थियो । 

 

नेपाल सरकार नापी विभागका पुर्व सर्बेक्षक समेत रहनुभएका अभियन्ता अर्यालले विद्यार्थीलाई नक्सा सम्बन्धी आधारभुत बिषय र यसको राष्ट्रिय एवम व्यवहारिक महत्वमाथी प्रकाश पार्दै नक्साका विविध पक्षहरुको बारेमा समेत जानकारी प्रदान गर्नुभएको थियो ।

 

उहाँले नक्सा बितरण पश्चात् विद्यार्थीहरुको शिक्षण सिकाई प्रकृयामा सघाउ पुग्ने र राष्ट्रियता प्रति थप जिम्मेवार बन्न प्रेरित हुने समेत बताउनुभयो ।  

 

 नक्सा वितरणका क्रममा सह-प्रधानाध्यापक बन्जाडे र प्रधानाध्यापक पौडेलले देशको आधिकारिक नक्साबाट बिद्यार्थीको सिकाईमा थप टेवा पुग्न जाने अपेक्षा राखिएको उल्लेख गर्नुभएको थियो ।  

 

त्यसैगरि, अभियन्ता अर्यालले ने.का. लुम्विनी प्रदेश सभापती अमर सिं पुन मगरलाई समेत नक्सा हस्ताण्तरण गर्नुभयो । नक्सा प्राप्ती पस्चात सभापति मगरले अभियानको सफलताको कामना गर्नुभएको थियो ।

धेरै पढिएको