News Desk
ललितपुर । अधिकारकर्मी तथा कांग्रेस नेता प्रेमलाल महर्जन आसन्न निर्वाचनका लागि नेपाली कांग्रेसबाट समानुपातिकतर्फ प्रदेश सभा सदस्यका लागि सिफारिशमा पर्नुभएको छ । उहाँलाई पार्टीले ललितपुर क्षेत्र नं २ (ख) का लागि सिफारिस गरेको हो । नेपाली कांग्रेसबाट आफ्नो नाम सिफारिस भएसँगै नेता महर्जनले नेपाली कांग्रेस ललितपुर, क्षेत्रीय कार्य समिति, प्रदेश सभा क्षेत्रीय कार्य समितिका पदाधिकारी तथा नेता कार्यकर्तामा विशेष धन्यवाद र आभार व्यक्त गर्नु भएको छ । साथै उहाँले देश, पार्टी र जनताको लागि केही गर्ने सुअवसर प्राप्त हुनेमा आफु विश्वस्त रहेको उल्लेख गर्दै भन्नुभएको छ ‘हज़ूरहरुको सहयोग र सदभावबाट सभासद बन्ने अवसर पाउनेछु र पार्टी, देश र जनताको लागि केहि काम गर्ने सुवसर पाउनेछु भन्ने कुरामा विश्वस्त छु ।’
लामो समय देखी कांग्रेस राजनीतिमा सकृय महर्जनले महासमिति सदस्य, केन्द्रीय प्रशिक्षक, क्षेत्रिय सभापति, नगर सभापति, वड़ा सभापतिको हैसियतमा रहेर पार्टीमा योगदान पुर्याए पनि उहाँले अझसम्म पार्टीबाट लाभको पदमा पुग्ने अवसर पाउनु भएको थिएन । प्रेमलाल महर्जन अग्रणी उपभोक्ता अधिकारकर्मी समेत हुनुहुन्छ ।