News Desk
काठमाडौ । राजधानी रनवे फ्याशन शो को अडिसन भव्यताका साथ सम्पन्न भएको छ । तिनकुने स्थित व्यन्जन हाउसमा आयोजित अडिसन शनिवार सम्पन्न भएको हो ।
राजधानी रन वे फ्याशन शोको निर्णायकको भूमिकामा ग्ल्यामर तथा फ्याशन क्षेत्रबाट अपेसा खड्का(जेव्ल अफ दि वोल्र्ड, लभिन अन्सारी (फ्याशन कोरियोग्राफ्र) ,कुसुम श्रेष्ठ (फ्याशन डिजाईनर) अमृता कडेल खकुरेल(फ्याशन डिजाइनर),सुक्निता चौलागाईं (फ्यासन डिजाइनर) रहेको कुरा शाह स्टुडियो एन्ड कमपनिका इभेन्ट डाईरेक्टर मोनु शाह ज्युले जानकारी दिएका छन् ।
राजधानी रनवे फ्याशन शोमा विभिन्न किसिमको डिजाइनर शो केस गराउदै मोडेलहरुलाई रयाम्पमा हिडाईने शाहले बताए । त्यसका लागि अडिसनमा प्रतिस्पर्धी छनौट गरि अगाडि राउन्डको लागि तयार पार्ने योजना आयोजकको छ ।