News Desk
काठमाडौं । नागार्जुन नगरपालिका वडा नं ७ निवासी कृष्ण लामाले प्रदेश सभाका लागि स्वतन्त्र उम्मेदवारी घोषणा गर्नुभएको छ । भाद्र १८ गते एक औपचारिक कार्यक्रम मार्फत उहाँले बाग्मती प्रदेश सभा अन्तर्गत काठमाडौं ९ (ख) बाट आफुले उम्मेदवारी दिन लागेको जानकारी दिनु भएको हो ।
यस अघि प्रतिनिधि सभा निर्वाचनतर्फ काठमाडौं ९ बाट सुनिल रिजालले आफ्नो स्वतन्त्र उम्मेदवारी घोषणा गरिसक्नु भएको छ । सुनिल रिजाल बालेन साहका हमसकल मानिनु हुन्छ ।