News Desk
काठमाडौं । लायन्स क्लब इन्टरनेशनल ३२५ आई नेपाल अन्तर्गत जोन २७ र ३८ का ७ वटा क्लबको तत्वावधानमा इन्डक्सन एण्ड इन्स्टलेसन समारोह सम्पन्न भएको छ । जसमा लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्ध, काठमाडौं सिद्धार्थ गौतम बुद्ध, काठमाडौं बुद्ध भुमी, काठमाडौं बागमती गौतम बुद्ध, काठमाडौं लिटल बुद्ध, काठमाडौं लाफिङ बुद्ध र काठमाडौं तारकेश्वर प्लानेट रहेका छन् । लायन्स क्लब अफ काठमाडौं लर्ड बुद्धका निवर्तमान अध्यक्ष राम श्रेष्ठ र लायन्स क्लब अफ सिद्धार्थ गौतम बुद्धका अध्यक्ष नारायण रेग्मीले पालैपालो सभापतित्व ग्रहण गर्नुभएको सो कार्यक्रम उद्योग वाणिज्य तथा आपुर्ति मन्त्रालयका सहसचिव जिवलाल भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको हो । कार्यक्रममा प्रमुख अतिथिको आसन्नबाट बोल्नु हुँदै सहसचिव भुषालले लायन्स क्लबले सुशासन, सामाजिक सेवा, मानवता, भातृत्व विकास लगायतका काममा लायन्स क्लबले महत्वपूर्ण कार्य गर्दै सरकारले गर्ने काम गरेको आफुले पाएको उल्लेख गर्नुभयो । सोही अवसर माझ कुसुम रेग्मीको अध्यक्षतामा गठित लियो क्लब अफ सिद्धार्थ गौतम बुद्धको गभर्नर राम बस्यालले विधिवत उदघाटन गर्नुभएको थियो ।
कार्यक्रमका संयोजक काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष नारायण रेग्मीले क्लबका तर्फबाट डिष्ट्रिक्ट गभर्नर राम बसेललाई एक हजार डलर र अन्य क्लब तथा लायन्स सदस्यहरुले डिष्ट्रिकका लागि सहयोग रकम हस्तान्तरण गर्नुभएको थियो । कार्यक्रममा सात वटै क्लबकातर्फबाट कार्यप्रगती विवरण एवम् भावी कार्ययोजना समेत प्रस्तुत गरिएको थियो । सोही अवसर माझ लायन्स क्लब अफ काठमाडौं सिद्धार्थ गौतम बुद्धका अध्यक्ष नारायण रेग्मीलाई ३२५ आई कै उत्कृष्ट अध्यक्ष घोषित गर्दै डिष्ट्रिक गभर्नर राम वसेलले मेडल समेत प्रदान गर्नुभयो ।
त्यसैगरि, क्लब अन्तर्गत नयाँ अध्यक्ष तथा अफिसर्सको परिचय कार्यक्रमसँगै नयाँ सदस्यता हासिल गर्ने लायन्स सदस्यहरुलाई पदस्थापना एवम सपथ खुवाईएको थियो । कार्यक्रममा लियो सदस्यहरुले स्वागत नाच र गायिका टिका पुनले गायन प्रस्तुती दिनुभएको थियो ।
कार्यक्रममा एलसिआईएफ एरिया लिडर लायन राजन लम्साल, सर्वोच्च लिडर तथा डिष्ट्रिक गभर्नर लायन राम बस्याल, डिष्ट्रिक आई लेडि लायन भावना बस्याल, आईपिएमसीसी लायन मन बहादुर रोक्का, फर्स्ट भिडिजी चन्द्र कुमार केसी, पिडीजी इन्दु लम्साल, सेकेण्ड भिडिजी लायन बिनोद ढुङ्गाना, डिष्ट्रिक ट्रेजरर सुर्य नारायण श्रेष्ठ, प्रमुख सल्लाहकार पार्वती खरेल पाण्डे, पिआरओ चिफ सुर्य कुमार केसी, डिष्ट्रिक एडमिनिस्टेटर शैलेन्द्र मोहन भट्टराई, गायिका टिका पुन, संचार विज्ञ टन्क पन्त लगायतका महानुभावहरुको उपस्थिती रहेको थियो ।