निर्देशक खनाललाई पितृशोक
News Desk
Sep-14 , 2022 तारिख 08:12 बेलुका


काठमाडौं ।  लामो समयदेखी भिडियो छायांकन र  निर्देशनमा सकृय संचारकर्मी एवम् ग्लोरी मिडियाका निर्देशक किरण खनाललाई पितृशोक परेको छ । खनालका पिता रेवती प्रसाद खनालको गत भाद्र २६ गते ६२ वर्षको उमेरमा निधन भएको हो ।  भिमसेन थापा गाउँपालिका वडा नं ०८ महादेवटार निवासी खनाल दुई  बर्ष अघि देखी क्यान्सर रोगबाट पिडित हुनुहुन्थ्यो । स्वर्गिय खनालको पार्थिव शरीरको २६ गते नै दाहसंस्कार गरिएको पारिवारिक स्रोतले जानकारी दिएको छ । उहाँको पार्थिव शरिरलाई सुपत्र किरण खनालले दागबत्ती दिनुभएको थियो ।  

स्वर्गिय खनालका श्रीमती, एक छोरा र दुई छोरी हुनुहुन्छ ।  

यसैमाझ स्वर्गिय खनालको निधनप्रति दु:ख व्यक्त गर्दै ग्लोरि मिडिया प्रा लिले  कम्पनीका निर्देशक खनालका पिताजीको निधनले मिडिया परिवार मर्माहत भएको उल्लेख गर्दै मृतात्माको चिरशान्तिको कामनासहित हार्दिक श्रद्धान्जली र शोक सन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गरेको छ ।  उहाँको निधनप्रति बुढीगण्डकी सेरोफेरो ब्रित्तचित निर्माण परिवार र नारेश्वर मावि लगायतले श्रद्धान्जली व्यक्त गरेका छन् ।

धेरै पढिएको