पार्टीले उम्मेद्वार बनाउनेमा ढुक्क छु : युवानेता अधिकारी
News Desk
Sep-17 , 2022 तारिख 02:12 बेलुका

                 
तनहुँ, १ असोज ।  गण्डकी प्रदेश सभासदस्यको उम्मेद्वार बनाउन पार्टीले उच्च मूल्यांकन गर्नेमा आफु विश्वस्त रहेको  कांग्रेस युवा नेता डम्बर बहादुर अधिकारीले बताएका छन् ।  राज्य दैनिकसँग कुराकानी गर्दै अधिकारीले ब्राम्हण, आदिवासी जनजाति, दलित,महिला,अल्पसंख्यक लगायतको भावनालाई जसरी कदर गरिन्छ त्यसैगरी तनहूँ काँग्रेसले  वहुसंख्यक मतदाता रहेको क्षत्री समुदायहरुको भावनालाई समेत कदर गर्दै पार्टीले टिकट दिनेमा आफु ढुक्क भएको बताएका हुन । 

मंसिर ४ मा हुने संघीय र प्रदेश सभा निर्वाचनमा कांग्रेस पार्टीका जिम्मेवार व्यक्तिहरुले विवेक पुर्याउनेमा पनि आफु ढुक्क रहेको बताए ।

 प्रदेश सभामा पटकपटकका लागि होइन एक पटकका लागि नेपाली काङ्ग्रेस तनहुँका सदस्य डम्बरबहादुर अधिकारी उम्मेदवार बन्नेमा आशा पलाएको उनी निकट कार्यकर्ताहरु बताउँछन्।नेपाली कांग्रेस तनहुँका जिल्ला सदस्य डम्बर अधिकारीलाई तनहुँ क्षेत्र नं १ को २ बाट समानुपातिकको बन्द सूचीमा पार्नुपर्ने आवाज उठ्न समेत थालेको  छ । अधिकारीले प्रत्यक्ष तर्फ उम्मेदवारी दिएको भएपनि गठबन्धन हुँदा उक्त प्रदेश माओवादी केन्द्रको भागमा पर्न सक्ने हुँदा अधिकारीलाई समानुपातिकको सूचीमा राख्नुपर्ने आवाज उठन थालेको कांग्रेस वृतमा चर्चा चल्न थालेको छ । पार्टीले समानुपातिक तर्फ पठाए पनि आफूलाई स्वीकार्य हुने अधिकारी बताउँछन् ।

धेरै पढिएको