टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आदेश
News Desk
Sep-18 , 2022 तारिख 08:19 बेलुका

 

काठमाडौं ।उच्च अदालत पाटनले टुकुचा खोलामाथि बनेका भौतिक संरचना नभत्काउन आदेश दिएको छ । काठमाडौं महानगरपालिकाले टुकुचा खोला मिचेर निर्माण गरेका संरचना डोजर लगाएर भत्काउन लागेपछि दायर भएको रिट उपर कार्वाही गर्दै उच्च अदालतले अन्तरकालीन आदेश जारी गरेको हो । 

न्यायाधीश दिपेन्द्रबहादुर बमको एकल इजलासले उक्त आदेश जारी गरेको हो । प्रेसिडेन्ट ट्राभल्स एन्ड टूर्स प्रालिको तर्फबाट भोलाविक्रम थापा समेतले उच्च अदालत पाटनमा मुद्दा दायर गरेका थिए ।  

अदालतले रिट दायरकर्ता र विपक्षी महानगरपालिकालाई छलफलका लागि असोज ५ मा झिकाएको छ । टुकुचा मिचेर निर्माण गरेका कमलपोखरीस्थित लक्ष्मी बैंक, जय नेपाल सिनेमा हल लगायतका संरचनाभित्र टुकुचा खोला भेटिएपछि त्यहाँ महानगरले डोजर चलाएको थियो ।

धेरै पढिएको