टुकुचाको भूमिगत सुरूङ ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा भएको दाबी
News Desk
Sep-19 , 2022 तारिख 07:50 बिहान

 

काठमाडौं : टुकुचाको भूमिगत सुरूङ ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा भएको पुरातत्व विभागले दाबी गरेको छ ।  
१३० वर्षअघि  राणा प्रधानमन्त्री वीरशमशेरका पालामा इँटाको गुम्बज शैलीमा सुरूङ बनाइ पटांङिनी निर्माण भएको तथ्य उजागर भएसँगै विभागले भूमिगत सुरूङ ‘ऐतिहासिक महत्वको पुरातात्विक सम्पदा’ भएको ठहर गरेको बुझ्नमा आएको हो । तसर्थ अब त्यस संरचना उपर महानगरले पुरातत्वको स्विकृति वेगर भात्काउन पाउनेछैन् । त्यसलाई क्षति नपुग्ने गरि काम गर्न विभागले महानगरसँग छलफल गर्ने बुझिएको छ । ‘सय वर्षभन्दा अगाडि नै बनेकाले यो स्वतः हाम्रो पुरातात्विक सम्पदामा पर्छ,’ विभागका महानिर्देशक दामोदर गौतमले दाबी पेश गर्दै भने , ‘डोजर चलाउँदा पुरातात्विक सम्पदामा क्षति पुग्नसक्ने भएकाले  थप क्षति हुन नदिन महानगरसँग छलफल गर्न जनाको टोली खटिन्छ।’

विभागले इञ्जिनियर र पुरातत्वविदसहितको टोली खटाउन लागेको छ ।

धेरै पढिएको