लौहपुरूष गणेशमान सिँहको स्मृतिमा कंचनजंघा टि स्टेट परिसरमा बृक्षरोपण
News Desk
Sep-19 , 2022 तारिख 02:23 बेलुका


काठमाडौं । जनआन्दोलनका सर्वोच्च कमान्डर, लौह  पुरुष गणेशमान सिंहको २६औं  स्मृति दिवसको अवसरमा कंचनजंघा टि स्टेट एण्ड रिसर्च सेण्टरले आफ्नो बृक्षरोपण गरेको छ । सोमबार राजधानी काठमाडौं स्थित कार्यालय परिसरमा कम्पनीकी प्रबन्ध निर्देशक शान्ता बाँस्कोटा, निर्देशक तारा बाँस्कोटा लगायतका कर्मचारीहरु बृक्षरोपण गर्नुभएको हो ।  गणेशमान सिंह मेमोरियल स्वास्थ्य सहकारी संस्था लिमिटेडका अध्यक्ष  दिपक प्रकाश बास्कोटाको आव्हानमा कंचनजंघा टि स्टेटले बृक्षरोपण गरेको कम्पनीकी प्रबन्ध निर्देशक शान्ता बाँस्कोटाले जानकारी दिनुभयो । 

‘अध्यक्ष बाँस्कोटाले संचालक तथा शेयर सदस्यहरुले आफ्नो घर कम्पाउन्डमा  कम्तिमा १ कुनैपनि फलफुल वा जडिबुटिको बोट बृक्ष्य रोपण गर्न प्रस्ताव गर्नुभएको थियो । उक्त प्रस्ताव उपर बोर्डले निर्णय समेत गरेको थियो ।  सोको निर्णय अनुसार अध्यक्षको आव्हानलाई कंचनजंघाले कार्यान्वयन गरेको हो’ प्रबन्ध निर्देशक बाँस्कोटाले जानकारी दिदै भन्नुभयो ।  

त्यसो त, देशैभर कार्यरत सम्पूर्ण संघसंस्था, सहकारीकर्मीहरु, तथा आम प्रकृतिप्रेमी सर्वसाधारणहरुमा वृक्षारोणका निम्ति अध्यक्ष बाँस्कोटाले आव्हान गर्नुभएको छ ।

धेरै पढिएको