News Desk
काठमाडौं । ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल (टान)का निवर्तमान अध्यक्ष खुम बहादुर सुवेदी प्रबल जनसेवाश्री मानपदवीले विभूषित हुनुभएको छ । नेपाली कांग्रेसका नेता समेत रहनुभएका सफल पर्यटन व्यवसायी सुवेदीलाइ आठौँ संविधान दिवसको अवसरमा नेपाल सरकारको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीबाट विभूषित हुनु भएको हो । पर्यटन र सामाजिक क्षेत्रमा उहाँले पुर्याउनुभएको योगदानकाे कदर गर्दै नेपाल सरकारले उहाँलाई विभुषणका लागि योग्य ठहरेको हो ।
धादिङको ज्वालामुखी गाउँपालिका-६, चैनपुरमा जन्मनुभएका सुवेदी २०४९ सालमा ट्रेकिङ गाइड हुँदै पर्वतीय पर्यटन क्षेत्रमा सकृय हुनुहुन्छ । सुवेदी युनिक एडभेन्चर इन्टरनेसनल प्रा.लि., ट्रिपल ए होलिडेज् र ट्रिपल ए टान्सपोर्ट्का प्रबन्ध निर्देशक हुनुहुन्छ। सुवेदी नियात्राकार समेत हुनुहुन्छ । ‘पदयात्राका पाइलाहरू’ र ‘बेल्जियमका क्षणहरू’ सुवेदीका दुई नियात्रा कृतिहरू प्रकाशित छन् ।