News Desk
ललितपुर । नेपाल सरकारले प्रदान गर्ने समाजसेवा रत्न, प्रवल जनसेवा श्री र कीर्तिमय राष्ट्रदीप विभिन्न समयमा प्राप्त गर्न सफल रहेको भन्दै अधिकारकर्मी प्रेमलाल महर्जनलाई ज्यापु समाज ललितपुरले सम्मान गरेको छ । ज्यापु समाजकै इज्जत प्रतिष्ठा बढाउने काम गरेकाे भन्दै संबिधान दिवसकाे अवसरमा ज्यापु समाज ललितपुरले आफनो २९ औं बार्षिक साधारण सभाकाे अवसरमा उहाँलाई सम्मान गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उडययन मन्त्री जीवनराम श्रेष्ठले सम्मान पत्र प्रदान गर्नुभएको छ ।
ज्यापु समाज, ललितपुरका अध्यक्ष तीर्थ महर्जनको सभापतित्वमा आयोजित कार्यक्रममा च्वबु गाःहिती टाेल सुधार समिति अध्यक्ष दिनेश महर्जन लगायतको उपस्थिती रहेको थियो ।