मुख्यसचिवसहितका उच्च पदस्थ व्यक्तिसँग निकटता बढाउदै ठगी
News Desk
Sep-20 , 2022 तारिख 05:38 बेलुका

काठमाडौं । पाल्पाका भेषराज लुईटेलले मुख्यसचिव शंकरदास बैरागी लगायतका केही उच्च पदस्थ व्यक्तिसँग निकटता बढाउदै नटवलरलाल शैलीमा ठगी धन्दा गर्दै आएको पाईएको छ । लुईटेलको ठगी धन्दाबाट आफुहरु पीडित भएको भन्दै दर्जनौं व्यक्तिहरूले प्रहरीमा उजुरीसमेत दिएका छन् । चुनावको टिकट, सरुवा–बढुवा देखी विदेशमा छात्रवृत्ति मिलाइदिने र ठूला ठेक्का समेत दिलाईदिने आश्वासन दिएर ठगी गर्दै आएको व्यहोरासहितको उजुरी लुँइटेल विरुद्ध परेको छ । मुख्यसचिव बैरागी र भारतीय दूतावासको आडमा उनले कमाउ धन्दा चलाउदै आएको पिडित पक्षको आरोप छ ।

निजबाट पिडित बन्नेमा ग्यालेक्सी स्कुलकी सञ्चालिका गीता राणाकी छोरी ज्योत्सना सिंह समेत छिन् । सिँहको काम गराइदिने भन्दै उनले लाखौं रकम लिए पनि काम गर्न सकेनन् । काम गर्न नसकेपछि लुईटेलले नेपाल इन्भेष्टमेन्ट बैंकको चेक दिए । सो चेक बाउन्स भएपछि पीडितले प्रहरी परिसर, टेकुमा उजुरी दिईन । सिँहको उजुरीको आधारमा निजलाई प्रहरीले पक्राउ गरि बैकिङ् कसुरमा अदालतमा मुद्दा दायर गर्यो । काठमाडौं जिल्ला अदालतमा सिँहले दिएको मुद्दा नं २६५ २०६७ /०५ /१४ रहेको छ । सो मुद्दाको किनारा लगाउदै अदालतले लुईटेललाई दोषीसमेत ठहर गर्‍यो । उनीविरुद्ध चेक बाउन्सको उजुरी त्यतीमा रोकिएन् । पछि पनि थप केही व्यक्तिले उनी विरुद्ध चेक बाउन्सको निवेदन दिए । यद्यपि शक्तीकेन्द्रको आडमा उनी एक दुई दिनमै छुटदै गए । कतिपय व्यक्तिहरू प्रतिष्ठाका कारण उजुरी गर्न समेत नगएको पाईएको छ ।

त्यसो त लुईटेलको ठगी धन्दाबाट व्यापारी बिनोद चौधरी, एभरेष्ट होटलका सञ्चालक मशुर अहमद लारी, कालिञ्चोक केबलकारका सञ्चालक तथा लगानीबोर्डका सदस्य बालकृष्ण शिवाकोटीसमेत पीडित बनेका छन् । बबरमहलस्थित रिभिजिटेड होटल छेउमा जग्गा भएका रायमाझी थरका एक व्यक्ती समेतलाई लुइँटेलले पीडित बनाएका छन् । त्यस्तै, चुनावमा टिकट दिलाइदिने भन्दै उनले करोडौं लिएर फिर्ता नगरेको फेला परेको छ । त्यसरी पिडित बन्नेमा चितवनका केशबप्रसाद कँडेल रहेका छन् । पैसा माग्ने तर काम फत्ते नगर्ने नटवरलाल शैलीका लुईटेलसँग पछि रकम फिर्ता माग्दा कतिपयलाई भारतीय दूतावासबाट फोन गर्न लगाएर धम्काउने गरेको पीडित पक्षको दाबी छ ।

दूतावासका अधिकारी र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका केही निकटस्थ व्यक्तिलाई प्रभाव पार्न सफल रहेसँगै उनको ठगी धन्धा फस्टाएको एक पिडितले बताए । मोदीसँग सिधा पहुँच भएको देखाउदै उनले नेपालका करोडपतिहरूलाई ठगी गरेको उनको दाबी छ । यसरी उनले ५० करोड भन्दा धेरै रकम असुल गरेको दाबी सहित एक पीडित भन्छन्,’मुख्यसचिवको निकटता यस्ता व्यक्तिसँग रहेको देख्दा आश्चर्यचकित भएको छु, ठगी गरेको पैसाबाट उच्चपदस्थलाई उपहार दिने र त्यही आडमा संरक्षण खोज्ने प्रब्रित्ती त्यो ठगमा देखिन्छ । यसरी उ कानुनको पन्जाबाट उम्कदै आएको छ’ । आफैं उजुरी हाल्ने र मानिसहरुलाई धम्काएर फाइदा लिने उसको काइते धन्दा रहेको समेत बुझिएको छ । लुईटेलले लोकमानसिंह कार्की अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त हुँदा केही व्यक्तिलाई बयानमा बोलाएर पैसा असुल्ने धन्दामा पनि संलग्न रहेको ति पिडितको भनाई छ ।

 

 

धेरै पढिएको