देशभर वर्षाको सम्भावना, सुदूरपश्चिममा भारी वर्षा हुने
News Desk
Sep-22 , 2022 तारिख 11:11 बिहान

काठमाडौं – ०६ असोज २०७९

काठमाडौं, आज देशभर बदली रहनेछ । दिउँसो गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । सुदूरपश्चिमका एक-दुई स्थानमा भारी वर्षा हुनसक्ने देखिन्छ ।

राति सुदूरपश्चिम र लुम्बिनीका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको छ। शुक्रबार लुम्बिनी, कर्णाली र सुदूरपश्चिममा वर्षाको आकलन गरिएको छ । शुक्रबार राति प्रदेश १, बागमती, गण्डकी र लुम्बिनीमा वर्षा हुनेछ ।

धेरै पढिएको