अस्ट्रेलियाको कोफ्स हार्बरमा बृहत दशै महोत्सव हुने।
News Desk
Sep-25 , 2022 तारिख 06:28 बिहान

 

 डिएन घिसिङ 

    हिन्दुहरुको महान पर्व दशैको उपलक्ष्यमा अष्ट्रेलियाको उत्तरी तटमा रहेको शहर कोफ्स हार्बर न्यू साउथ वेल्समा नेपाली समुदायले बृहत कार्यक्रम आयोजना गरेर मनाउने तयारी गरेका छन् ।                                                            
     नेपाली विद्यार्थी र विभिन्न पेशा ब्याबसायमा संलग्न गैर आवासिय नेपालीहरुको  कोफ्स हार्बरमा राम्रै उपस्थिती रहदै आएको छ । प्रबासी नेपालीहरुलाई एकत्रित गर्ने उदेश्यले  व्यवसायी मुस्कान छन्त्यालको पहलमा पहिलोपटक बृहत भेलाको आयोजना गरिएको छ । भेलाले कोफ्स हार्बर एवम्  वरपरका शहरमा रहेका नेपालीहरुलाई समेटेर कोफ्स हार्बर नेपाली कम्युनिटी गठन गरेको छ । जस अन्तर्गत छन्त्यालकै संयोजकत्वमा  १७सदस्यीय विभिन्न उपसमिति गठन गरेको छ।
          
विभिन्न समितिहरु गठन गरेसँगै नेपाली पर्बहरुलाई बिशेष कार्यक्रम बनाएर आयोजना गर्ने एवम्  कोफ्स हार्बरमा बसोबास गरिरहेका नेपालीहरुलाई सहयोग आदनप्रदान गर्ने योजना अगाडि सारेको संयोजक मुस्कान छन्त्यालले बताए।नेपाली संघ संस्था नहुदा समस्या परेकाहरुलाई सहयोग जुटाउन निकै अप्ठ्यारो महसुस भएकाले नेपालीहरुको साझा संस्था स्थापना गर्नुपरेको संयोजक छन्त्यालले जानकारी दिए। च्यारीटी संस्थाको रुपमा काम  गरिने उनले बताए। उनका अनुसार दशै पर्बलाई अक्टोबर २ तारिखका दिन कोफ्स हार्बरमा शुभकामना एब सांस्कृतीक कार्यक्रम आयोजना गर्ने निर्णय गरिएको जनाए।
            
अर्का ब्याबसायी गोबिन्द खनालले कोफ्स हार्बरमा नेपालीहरुको संस्था स्थापना हुनु खुशीको कुरा रहेको भन्दै आफु सह्कार्य गर्न सधै तयार रहेको बताए।
              
अष्ट्रेलियाको उत्तरी तटको एकान्त टापु कोफ्स हार्बर पर्यटकिय नगरीको रुपमा परिचित शहर हो।समुद्री पार्क, प्रचुर मात्रामा वन्यजन्तु, मौसमी ह्वेल र कोरल चट्टानहरू यहाँका आकर्षण हुन ।  कृषि उब्जाउका रुपमा परिचीत कोफ्स हार्बरमा नेपालीहरु सयौंको संख्यामा बसोबास गरिरहेका छन्।

धेरै पढिएको