नेक्स्ट सुपर मोडल नेपाल २०२२को उपाधी सैलेश र रवियालाई
News Desk
Sep-25 तारिख 08:57 बेलुका

काठमाडौं । नेक्स्ट सुपर मोडल २०२२को उपाधी रविया नगरकोटी र सैलेश मगरले जितेका छन् ।ट्यालेण्ट पिक कम्पनीद्वारा आयोजित कार्यक्रम अन्तर्गत उनीहरुले क्रमश: महिला र पुरुष गरि दुई भिन्न विधाको उपाधी हात पारेका हुन । उपाधी सहित उनीहरुले पुरस्कार स्वरुप एक एक लाख रुपैया बराबर सेवा सुविधा हात पारे ।

त्यसैगरि प्रतियोगिता अन्तर्गत फर्स्ट रनर अपको विजेतामा साक्षी बास्तोला र संजय पुरीले बाजी मार्दै २५ हजार बराबर सुविधा जिते । त्यस्तै पुरुषतर्फको अन्य टाइटल अन्तर्गत मस्ट पपुलरमा आयुस मिश्र, पब्लिक च्वाईसमा श्याम गुरुङ, बेस्ट ड्रेसमा अर्विन नेपाल, बेस्ट वाकमा संजय पुरी र फोटोजेनिकमा सैलेश मगर उत्कृष्ट बन्न सफल रहे ।

महिलातर्फको अन्य टाइटल अन्तर्गत मस्ट पपुलरमा रविया नगरकोटी, पब्लिक च्वाईसमा मलिना राना, बेस्ट ड्रेसमा साक्षी बास्तोला, बेस्ट वाकमा रविया नगरकोटी र फोटोजेनिकमा नम्रता शाही ठकुरी उत्कृष्ट बन्न सफल रहे ।

रोजिन शाक्यको कोरियोग्राफि रहेको सो प्रतियोगितामा दिपक घिमिरे, सद्दाम हुसेन, महेश केसी, रेजिना तुलाधर, धिरज तण्डुकार, र दिक्पाल कार्कीले निर्णायकको भुमीका निभाएका थिए । जसको इभेण्ट डाईरेक्टरमा परमानन्द चौधरी र म्यानेजरमा स्वस्ती दंगालले भूमिका निभाएका थिए ।

प्रतियोगितामाको फोटोग्राफी पार्टनरमा क्याप्चर क्र्यु, अफिसियल ड्रेस पार्टनरमा जिएसके भर्सटाईल र मेकअप पार्टनरमा मेकअप दरबार रहेका थिए भने वर्थ पार्टनरमा समसरा फिटनेस, नेपाल एअर होस्टेज एकेडेमी, क्याप्चर क्र्यु र मेकअप दरबार रहेका थिए । कार्यक्रम शनिवार राष्ट्रिय नाचघर जमलमा सम्पन्न भएको हो ।