गायक ढकाल एएमएस अवार्डबाट सम्मानित
News Desk
Sep-26 , 2022 तारिख 02:01 बेलुका

 

काठमाडौं, ९ असोज । गायक बिनोद ढकाल गायन एवम संगित विशेष अवार्डबाट सम्मानित भएका छन् । एएमएस म्युजिक तथा इन्टरटेनमेन्टले आयोजना गरेको एएमएस सम्मान तथा अवार्ड वितरण कार्यक्रम सांगितिक क्षेत्रमा पप तथा र्याप गीत संगित सिर्जना, गायकीमार्फत योगदान पुर्याएको भन्दै ढकाललाई सम्मान गरिएको हो । सुन सानाे कथा गीतबाट वेष्ट भोकल पर्फमरको रुपमा छनौटमा पर्दै उनी अवार्ड जित्न सफल भएका हुन ।  

ढकाललाई उपराष्ट्रपति नन्द बहादुर पुनले सम्मानपत्र हस्तान्तरण गरेका थिए । कार्यक्रम आईतबार बौद्ध स्थित होटल ह्ययात रिजेन्सीमा भएको थियो ।

धेरै पढिएको