दोहा । परोपकारी संस्था कतार च्यारिटीले कतारमा अध्यनरत नेपाली विद्यार्थीहरुका लागि उपलब्ध गराएको कम्प्युटर सेट वितरण गरेको छ । संस्थाले शैक्षिक सामाग्री उपलब्ध गराई सहयोग गर्ने कार्यक्रम अन्तर्गत कतारमा बच्चा पढाईरहनुभएका नेपाली परिवारहरुले उक्त सामाग्री वितरण गरेको हो ।प्राप्त विवरण अनुसार एनसीसीको रोहवरमा कतार च्यारिटीले सेप्टेम्बर २७ तारिखमा ५४ बिद्यार्थीलाई कम्युटर सेट हस्तान्तरण गरेको छ ।
कतार च्यारिटीबाट २६ सेप्टेम्बर २०२२ मा प्राप्त ६५ सेट डेस्कटप कम्प्युटर मध्ये ११ जना विद्यार्थीको ११ सेट कम्प्युटर विद्यार्थी कतार बाहिर रहेका कारण हस्तान्तरण गर्न नसकिएको र सम्पर्कमा आएपछी पुन:वितरण गरिने जानकारी गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले दिनुभयो ।
कतार स्थित नेपाली समुदायको परिवारका विद्यार्थीहरुलाई शैक्षिक सामाग्री उपलब्ध गराउने कतार च्यारिटी प्रती गैरआवासिय नेपाली संघ,राष्ट्रिय समन्वय परिषद कतारले आभार प्रकट गर्दै विद्यार्थीहरुको विवरण संकलनमा विशेष सहयोग गर्ने नेपाली महिला समाज कतारलाई धन्यवाद समेत व्यक्त गरेको छ ।