Devil Singh Rajput
डि एन घिसिङ/ कोफ्स हार्बर । अस्ट्रेलिया स्थित कोफ्स हार्बरमा बसोबास गरिरहेका नेपालीहरुले दशैको उपलक्ष्यमा एक समारोहका माझ शुभकामना आदनप्रदान कार्यक्रम आयोजना गरेको छन् । कोफ्स हार्बर नेपाली समाजको आयोजनामा कोफ्स हार्बर स्थित बेनितमा एक औपचारिक शुभकामना कार्यक्रम सप्पन्न भएको हो।
व्यवसायी मुस्कान छन्त्यालको सभापतित्वमा संचालित कार्यक्रममा बिशिस्ट अतिथीको आसनग्रहण गोबिन्द खनालले गरेका थिए।उक्त अबसरमा खनालले आफ्नो मन्तव्यका क्रममा शुभकामना दिदै प्रबासमा नेपाली एकता हुनु खुशीको कुरा रहेको बताए।मन्तव्यको क्रममा खनालले आफुले संस्थागत रूपमा विकास गर्न आर्थिक तथा नैतिक रुपले सहयोग गर्ने वचनबद्वता समेत प्रकट गरे।उनले संस्थाको प्रवासी कल्याणकारी योजनामा आफ्नो भुमिका सकृय रहने समेत बताए।
कार्यक्रममा स्वागत मन्तव्य व्यक्त गर्दै शान्त बस्नेतले प्रवासमा नेपालीहरु साङ्गठनिक हुनु गर्व गर्ने कुरा रहेको बताइन।उनले मातृभुमी भन्दा टाढा रहदा आम नेपाली एकैपरिवारको रुपमा बस्ने गरेकोमा खुशी समेत व्यक्त गरिन।
कार्यक्रममा दिवाकर रिमालले कविता बाचन गरेर थप रौंनकता थपेका थिए।उक्त कार्यक्रममा उपस्थिति रहेका सरोज खनाल लगाएतले शुभकामना आदप्रदान गरेका थिए। कार्यक्रमको संचालन डिएन घिसिङले गरेका थिए।
सभापतीको आसनबाट बोल्दै अध्यक्ष मुस्कान छन्त्यालले lकार्यक्रम सफल भएको भन्दै सबैलाई धन्यवाद प्रकट गर्दै आगामी दिनमा हुने सांस्कृतीक एवम् साङ्गठनिक कार्यक्रममा सरिक हुन सबैलाई आग्रह गरे ।