प्रतिष्ठित फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायले सहभागी बन्ने अवसर
News Desk
Oct-04 , 2022 तारिख 07:32 बिहान

 

दोहा ।  प्रतिष्ठित फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायबाट पनि सांस्कृतिक प्रस्तुति दिने कार्यक्रम तय भएको छ ।  आगामी २० नोभेम्बर  देखि १८ डिसेम्बर २०२२ सम्म आयोजना हुने बहुप्रतिक्षित फिफा वर्ल्ड कप २०२२ लाई सफल पार्ने उदेश्यसहित १० अक्टोबर देखि १५ अक्टोबर २०२२ सम्म कतार स्थित आप्रवासी समुदायहरुबाट विशेष सांस्कृतिक प्रस्तुति र प्रदर्शन रहने कार्यक्रममा नेपालले समेत सहभागीता जनाउन लागेको हो ।                      

विश्वभरीबाट प्रतियोगिता हेर्न आउने दर्शकहरुको मनोरञ्जनका लागि कतार सरकारको विभिन्न निकायद्वारा गरिने वर्ल्ड कप विशेष कार्यक्रम अन्तर्गत फ्ल्याग प्लाजा क्षेत्र स्थित कतार ईस्लामिक म्युजियममा ०४ अक्टोबर  २०२२ मा कार्यक्रम उदघाटन हुने गैर आवासीय नेपाली संघ, राष्ट्रीय समन्वय परिषद कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले बताउनुभयो ।  ‘कतार स्थित आप्रवासी समुदाय हरुको विशेष सांस्कृतिक प्रस्तुति र प्रदर्शन रहने र मिति १० अक्टोबर २०२२ सोमबारका दिन नेपाली समुदायको बेलुकि ७:०० बजे देखि ८:०० बजे सम्म बिभिन्न सांस्कृतिक प्रस्तुती रहेकोले हामीले उक्त मिति, स्थान र समयमा उपस्थित भई कलाकारहरुको हौसला बढाईदिनका लागि हाम्रा कतारमा स्थापित सम्पूर्ण संघसंस्था प्रमुख तथा प्रतिनिधि ज्यूहरू,पत्रकार ज्यूहरु साथै सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदिबहिनीहरुमा अनुरोध पनि गरेका छौ’ अध्यक्ष मुसलमानले जानकारी दिदै भन्नुभयो ।  

प्रतिष्ठित फिफा २०२२ को साझेदारी कार्यक्रममा नेपाली समुदायले सहभागी बन्ने अवसर प्रदान गर्ने कतार सरकार र यसका लागि समन्वयमा सहजिकरण गर्ने नेपाली नियोग प्रति एनसीसी कतारले आभार समेत प्रकट गरेको छ ।

धेरै पढिएको