News Desk
डिएन घिसिङ /अस्ट्रेलिया । अस्ट्रेलियाको कोफ्स हार्बर नगरपालिकाका मेयर पाओल अमोसले आज एक समारोह माझ दशैको शुभकामना ब्यक्त गरेका छ्न।कोफ्स हार्बर नगरपालिकाको चेम्बर कार्यकक्षमा भएको कार्यक्रममा नेपाली प्रतिनिधि डिएन घिसिङ ,मुस्कान छन्त्याल र माधव गौतम लगाएत उपस्थिती रहेको थियो ।
सोही अबसरमा नेपालको तर्फबाट बोल्दै डिएन घिसिङले
नेपाल संस्कृतीको धनी मुलुक रहेको कुरा अर्थ्याउदै
नेपाल र अष्ट्रेलियाबीच कूटनीतिक सम्बन्ध स्थापना लामो समयको भएको र त्यसयता दुई देशबीचको सम्बन्ध सधैं मित्रतापूर्ण रहदै आएको तथा आपसी समझदारी कायम रहेको जनाए।
मन्तव्यकै क्रममा घिसिङले कोफ्स हार्बर र नेपालको शहर बिच भगिनी सम्बन्ध स्थापना गर्नसके सुमधुर मित्रता कायम हुने धारणा समेत व्यक्त गरे।
उक्त अवसरमा काउन्सिलकी विदेश विभागका प्रमुख जेय पनि उपस्थिति रहेका थिए।उनले अन्तर्देशिय सम्बन्ध स्थापना गर्न र समुदाय स्तरमा काम गर्न बजेट समेत उपलब्ध भएकाले आफुहरु काम गर्न इच्छुक रहेको उल्लेख गरे।
सोही अवसरमा सर्वोच्च शिखर सगरमाथामा चढनका लागि नेपाली प्रतिनिधि मण्डलले मेयरलाई निमन्त्रणा पनि गरेका थिए।
निमन्त्रणा स्वीकार गर्दै मेयर अमुसले नेपालको राजनीति बारे चासो व्यक्त्त गरेका थिए । मेयर अमुसले आफू नेपाल भ्रमण गर्न लालायित रहेको पनि जनाए।