संविधानको रक्षाको लागि गठबन्धनलाई भोट दिन ढकालको आग्रह
News Desk
Oct-09 , 2022 तारिख 09:05 बेलुका


काभ्रे क्षेत्र नं. १ अन्तर्गत प्रदेश सभा (क)का गठबन्धनको साझा उम्मेदवार रत्न ढकालले देशेका स्थायीत्व, समृद्धि र संविधानको रक्षाको लागि गठबन्धनलाई भोट दिन अनुरोध गरेका छन ।  उम्मदेवार मनोनयन दर्तापछि कोणसभालाई सम्बोधन गर्दै वागमती प्रदेशका युवा तथा खेलकुद मन्त्री समेत रहेका ढकालले उक्त कुरा बताएका हुन् ।
‘आज एउटा खुशीको दिन हो । त्यो खुशी यस मानेमा हो कि, हाम्रो देश जुन ढंगले अगाडि बढाउन खोजिरहेका छौं, हामीले बनाएको नयाँ संविधान कार्यन्वयन गर्ने र संविधानमा भएका तमाम नयाँ व्यवस्थाहरु छन्, मजबुत बनाउनको निम्ति मुलुकले खोजेको गठबन्धनको तर्फबाट शुरुवातको रुपमा देशैभरि हामी उपस्थित भएका छौं ।’ ढकालले भने, ‘ काभ्रे जिल्लाको समृद्धिको, काभ्रे जिल्लाको विकासको नेतृत्व यो गठबन्धनका नेताहरु र पार्टीले मात्र गर्छन । देशको स्थायीत्व, समृद्धि र संविधानको रक्षाको निम्ति यो गठबन्धनलाई मतदान गर्न म अनुरोध गर्न चाहन्छु ।

धेरै पढिएको