News Desk
हुम्ला। हुम्लाको चंखेली गाउँपालिका–६ मा लगातार परेको पानीले घरमाथि पहिरो जाँदा एक घर पुरिँदा ४ जना मृत्यु भएको छ भने ३ जना घाइतेको उद्धार गरिएको छ । मृत्यु हुने चारै जना बालबालिका हुन् ।झरी परिरहेकोले पुरिएकाको शव निकाल्न सकिएको छैन ।
घटनास्थलमा प्रहरी पुगिनसकेकोले के कति क्षति भएको हो यकिन विवरण आइसकेको छैन । घटनास्थल पुग्न सदरमुकाम सिमकोटबाट ३ दिन हिँडेपछि मात्रै पुगिन्छ ।घाइते ३ जनाको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।