News Desk
काठमाडौं । गैरआवासीय नेपाली संघ एनआरएनए स्थापना भएको २० वर्ष पूरा भएको छ । सन् २००३ मा डा. उपेन्द्र महतोको नेतृत्वमा संघ जन्मिएको हो । संघले हरेक वर्ष ११ अक्टोबरलाई गैरआवासीय नेपाली दिवस ‘एनआरएनए डे’ का रुपमा मनाउँदै आउने गरेको छ । २० औं वार्षिकोत्सवका अवसरमा काठमाडौंमा विविध कार्यक्रम गरिदैँछ ।प्रत्येक वर्ष वार्षिकत्सवसँगै वार्षिक साधारण सभा पनि एकैपटक गरिन्छ । सोमबार विहान वालुवाटारस्थित सचिवालयमा अध्यक्षत्रय कुल आचार्य, रवीना थापा र डा. बद्री केसीले संघको झण्डोत्तोलन गरेर कार्यक्रमको शुभारम्भ गरे । साधारण सभामा संघका महासचिव डा. केशव पौडेलले वार्षिक प्रतिवेदन, कोषाध्यक्षहरु लोक दाहाल्, सुनिल शाह र फडिन्द्र पन्तले आर्थिक प्रतिवेदन पेस गर्ने तालिका रहेको छ । यस्तै संघका उपाध्यक्ष तथा विधान समितिका संयोजक डा. हेमराज शर्माले विधान प्रतिवेदन पेस गरेका छन । मंगलबारदेखि दरवारमार्गस्थित याक एण्ड यती होटलमा वार्षिकत्सव मनाइँदैछ ।
कार्यक्रममा प्रधानमन्त्री शेरबहादुर देउवालाई प्रमुख अतिथिका रुपमा बोलाइएको छ भने नेकपा माओवादी (केन्द्र) का अध्यक्ष प्रचण्ड, गृहमन्त्री बालकृष्ण खाँड, परराष्ट्रमन्त्री नारायण खड्का, श्रममन्त्री शेरबहादुर कुँवरलगायतका अतिथिहरु कार्यक्रममा सहभागी हुँदैछन् । बुधवार कार्यक्रमको समापन समारोहमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओली उपस्थित हुने संघले जनाएको छ। संघले विभिन्न शीर्षक दिएर पटक–पटक कार्यक्रम गर्दै आइरहेको छ। कार्यक्रमका शीर्षक र उद्धेश्य राम्रो भएपनि व्यवहारमा भने कम लागु भएको गुनासो आउने गरेको छ ।
गैरआवासीय नेपाली संघले हरेक बर्ष अक्टाबेर ११ का दिन गैरआवासीय नेपाली दिवस मनाउँदै आएको छ । अक्टोबर ११ लाई नेपाल सरकारले गैरआवासीय नेपाली दिवस (एनआरएन डे) भनेर घोषणा गरेपश्चात नेपालमा हरेक बर्ष गैरआवासीय नेपाली दिवस भब्यरुपले मनाउने गरिन्छ भने संसारभर छरिएर रहेका नेपालीहरुले आफु रहेका सम्बन्धित देशमा समेत यो दिवस मनाउने गर्दछन् । यस बर्षको गैरआवासीय नेपाली दिवस (एनआरएन डे) अक्टोबर ११ तारीख विविध कार्यक्रम गरि काठमाडौमा मनाउन लागिएको हो ।
– ११ अक्टोबर बिहान ७ देखी ८ बजे सम्म, स्वयंभुनाथमा पुजा
– ११ अक्टोबर बिहान ०९ देखी १० बजे सम्म, पशुपतिनाथमा पुजा
– ११ अक्टोबर बिहान ११ देखी १४ बजे सम्म, होटल याक एण्ड यति, रक्तदान
– ११ अक्टोबर बिहान ११ देखी १३ बजे सम्म, होटल याक एण्ड यति, एनआरएनए डे उद्धघाटन (प्रमुख अतिथि प्रधानमन्त्री शेर बहादुर देउवा)
– १२ अक्टोबर, दिउँसो १६.३० बजे, समापन, होटल याक एण्ड यति, (प्रमुख अतिथि पूर्वप्रधानमन्त्री केपी शर्मा)
सूचना तथा संचार विभाग
गैरआवासीय नेपाली संघ