हामीले ‘बीसीडी’ अर्थात ‘ब्रेनड्रेन, करप्सन रोक्ने र डेभलपमेन्ट गर्ने भनेका छौ : प्रदिप पौडेल
News Desk
Oct-15 , 2022 तारिख 11:40 बिहान


काठमाडौं ।  नेपाली कांग्रेसका नेता प्रदिप पौडेलले आफनो चासो ‘बीसीडी’ अर्थात ‘ब्रेनड्रेन, करप्सन  र डेभलपमेन्ट’ माथि   केन्द्रित रहेको बताएका छन् ।  नेपाली कांग्रेस टोखा नगरपालिका–२ को वडा कार्यसमिति कार्यालयमा आयोजित चुनावी प्रचार अभियानलाई सम्बोधन गर्दै युवा नेता पौडेलले सो कुरा बताएका हुन । कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा उनले आफुले ‘बीसीडी’ को समस्या हल गर्ने एजेण्डालाई मुख्य प्राथमिकतामा राखेको बताउदै भने ’बि भनेको ब्रेनड्रेन’ सि भन्नाले करप्सन र डि भन्नाले ‘डेभलपमेन्ट’ हो ।  यि बिषयलाई गम्भिरतापुर्वक लिनुपर्छ अनि बल्ल नागरिकस्तरमा रुपान्तरणलाई वस्तुत बोध गर्न सकिन्छ’ ।  

नेता पौडेलले नेपालका ग्रामिण बस्तीका युवाहरु मलेसिया, दुबई र कतार गएर ८०–८५ तलामा रंग लगाएर आफूलाई जोखिममा पारेर काम गर्न वाध्य हुँदै आएको सन्दर्भ उल्लेख गर्दै   काठमाडौंका युवा पढेर, योग्य भएर नेपालमा आफ्नो योग्यता प्रयोग गर्न नपाएका कारणले विदेशमा गएर बस्नु परेको बताए ।  ‘नेपालमा बौद्धिकता पलायनताको स्थिति छ। ब्रोन ड्रेनको समस्या छ। एउटा नेपाली युवा नेपालमै बसेर आफ्नो योग्यता र क्षमता प्रयोग गर्न पाउनुे स्थिति राज्यले बनाउन सक्छु पर्छ। हामीले त्यस खालको नीति निर्माण गर्ने प्रक्रियाको नेतृत्व गर्नेछौं’ उनले भने ‘सि भन्नाले करप्सन। यो ढंगको करप्सन विकसित हुँदै गयो, करप्सनको स्थिति यस्तै रह्यो भने राजनीतिले डेलिभर गर्न सक्दैन। राजनीतिले नैतिकता गुमाउने, राजनीतिक नेताहरुले करप्सनमा संलग्न हुने, करप्सन गर्नेहरुलाई संरक्षण गर्ने हो भने नेपालको राजनीतिप्रति कसैको पनि विश्वास जाग्दैन। त्यसैले हामीले भ्रष्टाचार अन्त्य गर्नका निम्ति नेतृत्व गर्ने प्तिवद्धता पनि व्यक्त गर्न चाहन्छौं’ ।  
त्यस्तै उनले डि भन्नाले डेभलपमेन्ट रहेको उल्लेख गर्दै  विकास मात्र नभई त्यसको व्यवस्थापन पनि आवश्यक रहेको औंल्याए ‘व्यवस्थित ढंगबाट डेभलपमेन्टलाई अगाडि बढाइयो भने कम खर्चमा धेरै उपलब्धीहरु हासिल गर्न सक्छौं।यी तीन कुरा हाम्रा प्रधान विषयहरु हुन्। म यहाँहरुको बीचमा प्रतिवद्धता व्यक्त गर्न चाहन्छु।’ उनले भने ।

धेरै पढिएको