शताब्दी पुरूष सत्यमोहन जोशीको निधन
News Desk
Oct-16 , 2022 तारिख 11:44 बिहान

काठमाडौं । शताब्दी पुरूष सत्यमोहन जोशीको निधन भएको छ । उपचारका क्रममा उहाँको किष्ट अस्पतालमा निधन भएको हो ।

आज बिहान ७ बजेर ९ मिनेटमा उहाँको निधन भएको अस्पताल स्रोतले जानकारी दिएको छ । १०३ वर्षीय जोशीको स्वास्थ्यमा समस्या देखिएपछि २४ दिन अघि जोशीलाई अस्पतालमा भर्ना गरिएको थियो । उहाँ आइसियू उपचाररत हुनुहुन्थ्यो ।

परिवार स्रोतका अनुसार स्वास्थ्यमा समस्या देखिएपछि असोज ७ गते उहाँलाई किष्ट अस्पतालमा भर्ना गरिएको थियो । पछिल्लो उनलाई पिसाब संक्रमण, छाती तथा मुटुको समस्या साथै डेंगी पनि देखिएको थियो।

 

 

धेरै पढिएको