News Desk
हेटौडा। हेटौडा उपमहानगरपालिका वार्ड न ११ स्थित बागेश्वरी महिला तथा बचत सहकारी संस्थाको १४ औ साधारण सभा सम्पन्न भएको छ। संस्थाका अध्यक्ष आशा कुमारी अर्यालको अध्यक्षता रहेको कार्यक्रममा बागमती सहकारी बिकाश बोर्डका उपाध्यक्ष नारायण प्रसाद देबकोटाको प्रमुख आथित्यता रहेको थियो। करिब ३८ हजारको महिला संख्या मात्र रहेको सहकारीको कार्यक्षेत्र हेटौडा उपमहानगरपालिका भित्र रहेको छ भने गत बर्ष २०७८ मा देशभर कै महिला सहकारिहरुमा उत्कृष्ट सहकारी हुन् सफल भएको थियो।
प्रमुख अतिथि नारायण देवकोटाले सहकारी संस्थाहरु सदस्यहरुको उपस्थितिले भन्दा धेरै भन्दा धेरै उनीहरुको सहभागिताले सफल हुने बताउनु भयो। यस सहकारीको शेयर पुजी गत बर्ष बाट बढेर २ करोड ६९ लाख ५१ हजार पुगेको छ भने गत बर्षको भन्दा ५ करोड ५८ लाख ७६ हजार लगानी बृद्दि गरि २० करोड २४ लाख ८९ हजार पुर्याइएको छ। साधारण सभामा नियमित बचत ,खुत्रुक्के बचत ,असल व्यवसायी ,जिबन सहारा ,उत्कृस्ट गहना बचतकर्ता जस्ता बिभिन्न बिधामा सदस्यहरुलाई गोलाप्रथाबाट पुरस्कृत गरिएको थियो।
कार्यक्रममा ११ नं वडाध्यक्ष जुना दाहाल लगायत बिभिन्न संघ संस्थाबाट उपस्थित प्रतिनिधिहरुको आथित्यता रहेको थियो।
