News Desk
काठमाण्डौं । सुदूरपश्चिम र कर्णालीका पहाडी भूभागमा दिउँसो आंशिक बदली रहने आकलन मौसम पूर्वानुमान महाशाखाले गरेको छ । बाँकी प्रदेशमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ । सुदूरपश्चिम र कर्णालीका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना पनि रहेको छ ।
मंगलबार दिउँसो सुदूरपश्चिम र कर्णाली लगायत पहाडी भूभागको एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। बुधबार पहाडी भूभागका एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ ।