News Desk
वीरगंज - पर्सा क्षेत्र नम्बर २ मा सत्तागठबनन्धनका तर्फबाट प्रतिनिधीसभा सदस्यका साझा उम्मेदवार अजय चौरसियाको पक्षमा मत माग्न महिलाहरु पनि चुनावी प्रचारमा उत्रिएका छन् । पर्सा २ मा सत्तागठबन्धनबाट प्रतिनिधीसभा सदस्यमा काँग्रेसका अजय चौरसिया र प्रदेशसभा सदस्यमा लोसपाका रमेश कुर्मी उम्मेदवार छन् ।
बिहीबार वीरगंज महानगरपालिका वडा नम्बर १० को घडीअर्वा , अशोकवाटिका , रानीघाट र आदर्शनगरमा सत्तागठबन्धनले सन्चालन गरेको चुनावी घरदैलो कार्यक्रममा महिला मतदाताहरु आफै सहभागी भइ पर्सा २ मा चौरसियाको पक्षमा मत मागेका थिए । क्षेत्रको विकासमा लागि पर्ने चौरसियाले जनताको सुखदुखमा सधैं साथ दिदै आएकाले यसपालिको चुनावमा उनलाई जिताउन आफुहरु चुनावी प्रचारमा लागेको महिला मतदाताहरुको भनाई थियो ।
महिलाहरुले काँग्रेस केन्द्रिय सदस्य समेत रहेका चौरसियाले महिला सशक्तिकरणका लागि पनि विगतमा काम गरेकाले आफुहरुको भरोसा उनि माथि नै भएको प्रतिक्रिया पनि दिए ।