News Desk
अष्ट्रेलिया । खेलकर्मी एवम् लेखक डिएन घिसिङद्वारा लिखित पुस्तक खेल जित-मनोविज्ञान अङ्ग्रेजी भाषामा पनि प्रकाशनमा आउने भएको छ । संचारकर्मी सरोज ओझाको सम्पादन रहने विनिङ साईकोलोजी इन स्पोर्ट्उक्त पुस्तकको प्रकाशक ग्लोरी मिडिया रहेको छ । प्रकाशनमा नेपाली मुलका अष्ट्रेलियाली व्यवसायी मुस्कान छन्त्यालले प्रायोजन गर्ने भएसँगै उक्त पुस्तक अंग्रेजी भाषामा समेत प्रकाशनमा आउन लागेको हो ।
अष्ट्रेलियाको कोफ्स हार्बर स्थित आज एक कार्यक्रम माझ लेखक डिएन घिसिङ र व्यवसायी मुस्कान छन्त्याल बिच प्रायोजन सम्झौता भएको छ । अष्ट्रेलिया एथोर सोसाइटी र अन्तर्राष्ट्रिय स्ट्यान्डर्ड बुक नम्बर ( ISBN )मेलबर्नमा सुचीकृत गरेर पुस्तक तयार गर्न लागेको लेखक घिसिङले बताए।उनका अनुसार अन्तर्राष्ट्रिय जगतमा प्रतिष्ठित विश्वविद्यालय एवम् खेलकुद संघमा सोध अध्ययरत विद्यार्थी तथा खेलकर्मी पाठकका लागि अङ्ग्रेजी भाषामा प्रकाशित गर्दा उपर्युक्त हुनेछ ।
व्यवसायि मुस्कान छन्त्यालले आफुले सामाजिक एवम् सिर्जनशिल कार्यका लागी सहयोग गरेको बताए। सम्झौता पत्रमा बौद्धिक सम्पती लेखक रहने जनाएको छ। उक्त सम्झौतामा नेपाली रु २लाख २५हजार व्यवस्थापन भार दोस्रो पक्ष अर्थात व्यावसायी मुस्कान छन्त्यालले प्रायोजन गर्ने उल्लेख गरिएको छ।पुस्तक आगामी नोभेम्बर महिना भित्रमा कोर्फस हार्बर शहरमा विमोचन गर्ने पनि करारमा उल्लेख गरेको छ। प्रकाशित पुस्तकको बिक्री पश्चात् लाभांश नेपालको ग्रामीण खेल शिक्षामा अनुदान दिने सम्झौतामा स्पष्ट पारेको छ।