News Desk
वीरगञ्ज – पर्साको क्षेत्र नम्बर ४ का माओवादी नेता कार्यकर्ताले प्रतिनिधिसभा सदस्यका उम्मेद्वार रमेश रिजाललाई मत हाल्न आफूहरु तम्तयार रहेको बताएका छन् । ठोरी गाउँपालिका वडा नम्बर ४ को आठघरेमा आयोजित लोकतान्त्रिक वाम गठबन्धनको संयुक्त अगुवा कार्यकर्ता भेलामा सहभागि माओवादी नेता कार्यकर्ताले यस्तो बताएका हुन् ।
आफूहरुले यस अघि हसिया हतौडामा मत हाल्दै आएको भए पनि यस पटक भने कुनै कन्जुस्याइ नगरी रुखमा मत हाल्न तम्तयार भएर बसेको बताएका हुन् । अधिनायकवाद, सर्वसत्तावाद र प्रतिगमनलाई परास्त गर्न गठबन्धनका उम्मेद्वारलाई मतदान गरेर संविधान र लोकतन्त्रको रक्षा गर्नका लागि आफूहरु अहिले कांग्रेसका उम्मेद्वारलाई मतदान गर्न अग्रसर भएको बताएका हुन् । ठोरी गाउँपालिका वडा नम्बर ४ वा पूर्व वडाध्यक्षसमेत रहेका माओवादी नेता बहीबहादुर पाख्रिनले आफूहरु गठबन्धनका दुबै उम्मेद्वारलाई विजयी बनाउने अभियानमा लागि परेको बताए ।
यस्तै वडा नम्बर १ का माओवादीका वडाध्यक्ष शुसील अधिकारीले कोही पनि नहिच्किचाई यस पटक रुख चिन्हमा मतदान गर्न माओवादी साथिहरु तयार रहेको बताए । उनले पालिकाको वडा नम्बर १ विकास निर्माणमा पछि परेकाले त्यसलाई सम्बोधन गर्न प्रतिबद्धता व्यक्त गर्न आग्रह गरे । ‘वडा नम्बर २ सम्म कालो पत्रे सडक सञ्जाल हुँदा आउजाउमा सहज छ, तर वडा नम्बर १ को ढेडु खोलामा पुल नहुँदा वर्षायाममा आउजाउमा निकै कठीनाई छ,’ उनले भने, ‘पुल बनाउने प्रतिबद्धता हामी चाहन्छौँ, रोकिएको हुलाकी सडक पूर्णताको प्रतिबद्धता चाहन्छौँ ।