News Desk
काठमाडौं । २०७९ मंसिर ४ गते हुन् गैरहेको प्रतिनिधि सभा निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर ९ बाट स्वतन्त्र उम्मेदवारी दिएका सुनिल रिजालले कार्तिक ०५ गते शुभकामना आदान प्रदान कार्यक्रम गर्ने भएका छन् । रिजालले काठमाडौं महानगरपालिका १४ स्थित खड्का गाउँ स्थित पिपल चौतारामा घोषणा एवम् प्रतिबद्धतापत्र सार्वजनिक सहित आउदै गरेको तिहार पर्व, नेपाल सम्बत-११४३ र छठको उपलक्ष्यमा शुभकामना आदन- प्रदान कार्यक्रम राख्न गैरहेको राज्यदैनिकलाई बताए ।
कार्यक्रम विहान ८ बजे शुरु हुने पनि उनले जानकारी दिए । रिजालको चुनाव चिन्ह पुतली रहेको छ ।