नेपाली काँग्रेस तनहुँ– काठमाडौँ सम्पर्क समितिको शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम कार्तिक ०६ गते हुने
News Desk
Oct-22 , 2022 तारिख 07:44 बिहान

 

काठमाडौँ, ४ कात्तिक । नेपाली काँग्रेस तनहुँ– काठमाडौँ सम्पर्क समितिले शुभदिपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा कार्तिक ६ गते शुभकामना आदानप्रदान एवम् चियापान कार्यक्रम आयोजना गर्ने भएको छ । कार्यक्रम काठमाडौंको सामाखुशी स्थित स्काई पार्टी प्यालेसमा आयोजनामा आउन लागेको हो ।  

कार्यक्रमको सहआयोजकमा नेविसंघ तनहुँ काठमाडौँ सम्पर्क समिति रहेको छ ।  

दिउँसो ३ बजेदेखी शुरु हुने सो कार्यक्रम काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रमुख आतिथ्यतामा सम्पन्न हुन लागेको हो ।  जसमा केन्द्रिय सदस्य्हरु शंकर भण्डारी, गोविन्द भट्टराई, प्रदीप पौडेल, ध्रुव वाग्ले, जिल्ला सभापति जितप्रसाद आले, र नेता अशोक श्रेष्ठलगायतको सहभागीता रहने नेपाली काँग्रेस तनहुँ–काठमाडौँ सम्पर्क समितिका सभापति उत्तम मिश्रले जानकारी दिनुभयो ।  

कार्यक्रममा सहभागी हुन तनहुँ घर भई काठमाडौँ बस्दै आएका सम्पूर्ण पार्टीका नेता कार्यकर्ता तथा शुभचिन्तकलाई आह्वान समेत गरिएको छ ।

धेरै पढिएको