अन्सारीले जनतासँगको भेटघाटलाई दिए निरन्तरता
News Desk
Oct-22 , 2022 तारिख 04:47 बेलुका

वीरगञ्ज, ५ कार्तिक । पर्साको क्षेत्र नम्बर १ (क) बाट प्रदेश सभा सदस्यका उम्मेदवार रहबर अन्सारीले जनतासँगको भेटघाटलाई निरन्तरता दिएका छन् । पाँच दलीय सत्ता गठबन्धनबाट प्रदेश सभा सदस्यको उम्मेदवार बनेका नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य अन्सारी आफ्नो क्षेत्रका मतदातासँगको भेटघाटमा व्यस्त छन् । हिन्दु धर्मावलम्बीहरुको महत्वपूर्ण पर्व दिपावली र छठ पर्वको अवसरमा शुभकामना दिँदै जनतासँग मतको लागि पनि अन्सारीले अपिल गरीरहेका छन् ।

जनताको घरदैलोमा पुग्दै उनले आफुलाई जिताउन आग्रह गरेका छन् । युवाहरु नेतृत्वमा आएपछि मात्रै परिवर्तनको प्रत्याभुती गर्न पाइने अन्सारीको ठहर छ । आफु निर्वाचित भएपछि जनताले विकासको आभाष गर्न पाउने उनले दावी गरे । विगतमा पराजित भएर पनि निरन्तर जनताकै साथमा र जनताकै सुखदुखमा रहेको बताउँदै उनले विकासको अभियानमा हातेमालो गर्दै सत्ता गठबन्धनका उम्मेदवारलाई अमूल्य मत दिन अनुरोध गरेका छन् । अन्सारी वीरगञ्ज महानगरपालिका क्षेत्र नम्बर १ (क) का विभिन्न टोलहरुमा पुगेर मतदातालाई आफ्ना एजेण्डा र योजनाहरु सुनाइरहेका छन् ।

सो अवसरमा मुख्यतया युवा वर्गले अन्सारीलाई समर्थन जनाइरहेका छन् । उनका समर्थकहरुले पनि अन्सारी जत्तिकै सक्षम र योग्य उम्मेदवार अरु नभएको हुँदा उनको जित सुनिश्चित भएको बताएका छन् ।

धेरै पढिएको