News Desk
काठमाडौं । नेपाली कांग्रेस तनहुँ काठमाडौं संपर्क समितिको आयोजनामा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम आईतबार काठमाडौं सामाखुशी स्थित स्काई इभेण्टसमा सम्पन्न भएको हो ।
कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेता एवम् तनहुँ क्षेत्र नं १ का उम्मेदवार रामचन्द्र पौडेलले तनहुँ जिल्लाले लोकतान्त्रिक आन्दोलनको नेतृत्व गर्दै आएको भुल्न नहुने बताउनुहुँदै कांग्रेसले चुनाव जित्ने कुरा सधै सामान्य रहदै आएकोमा गएको चुनावमा अवस्थालाई जटील बनाईएका कारण विजय सुनिस्चित हुन नसकेको उल्लेख गर्नुभयो । साथै उहाँले कर्णाली भनेर चिनिएको तनहुँको विकट ठाउँमा आएको परिवर्तनलाई आत्मसात गर्न नसक्नु बिडम्बनापूर्ण भएको बताउनुहुँदै कांग्रेस नेतृत्वमा हुँदै आएको विकास र आमुल परिवर्तनका बिषयमा जन समक्ष संवाहकका रुपमा काम गर्न कांग्रेस नेता कार्यकर्तालाई आग्रह समेत गर्नुभयो ।
कार्यक्रममाझ नेपाली कांग्रेसका केन्द्रिय सदस्य एवम् तनहुँ क्षेत्र नं २ का उम्मेदवार शंकर भण्डारीले निर्वाचनमा सहभागी भई अमुल्य मत व्यक्त गर्ने अवसरलाई सदुपयोग गर्न तथा गराउन सबैलाई अपिल गर्नुभयो । नेता भण्डारीले आसन्न निर्वाचनमा गठबन्धनको विजय सुनिस्चित भएको उल्लेख गर्नुहुँदै राष्ट्रिय समस्या समाधानका निम्ती पनि आफुले भूमिका खेल्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । निर्वाचनको मुखमा सामाजिक संजालमा नकारात्मक टिप्पणी गर्नु पनि पार्टीको हित र अनुशासन हितविपरित हुन जाने हुँदा त्यसतर्फ सचेत रहन आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य गोविन्द भट्टराईले लोकतन्त्र र संविधान जोगाउन पनि अहिले कांग्रेसले गठबन्धन गरेको बताउनुहुँदै कांग्रेस नेतृत्वको गठबन्धनलाई स्विकार्दै सामुहिक भावनाका साथ अघि बढनका निम्ती सबैमा आग्रह गर्नुभयो ।
नेपाली कांग्रेसका केन्द्रित सदस्य ध्रुव वाग्लेले जनमत बढाउन जुनसुकै ठाउँमा रहेपनि आ-आफ्नो तर्फबाट भूमिका खेल्नुपर्नेमा जोड दिनुभयो ।
कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं २ प्रदेश १ (ख )का उम्मेदवार अशोक श्रेष्ठले देशको नेतृत्व र देशको विकासको नेतृत्व लिदै आएको बताउनुहुँदै देशमा कांग्रेसको विकल्प नभएको बताउनुभयो ।
त्यसैगरि, कांग्रेसको तर्फबाट तनहुँ क्षेत्र नं २ प्रदेश १ (ख )का उम्मेदवार समेत रहनुभएका तनहुँ जिल्ला पार्टी सभापति जितप्रकाश आलेले लोकतन्त्र बचाउनका निम्ती हाल अन्तिम मोर्चा कसिएको बताउदै यसलाई आत्मसात गर्न आग्रह गर्नुभयो ।
कार्यक्रममा पूर्व केन्द्रिय सदस्यद्ध्य अमरराज कैनी र रामचन्द्र पोखरेलले चुनावमा एकजुट भएर लाग्नु हरेक नेता कार्यकर्ताको दायित्व रहने उल्लेख गर्नुभयो ।
कार्यक्रममा प्रदेश तर्फ समानुपातिकतर्फका उम्मेदवार चिनु पोखरेल, श्याम मगराती र जिल्ला पार्टी उपाध्यक्ष देवनारायण श्रेष्ठ लगायतले बोल्नुहुँदै निर्वाचनलाई सफल पार्न सबैमा आग्रह गर्नुभयो ।
कार्यक्रममा सभापतिको आसनबाट बोल्नुहुँदै नेपाली कांग्रेस तनहुँ काठमाडौं संपर्क समितिका सभापति उत्तम मिश्रले उल्लासमय सहभागीताका लागि सबैमा धन्यवाद ज्ञापन गर्नुहुँदै मंसिर ४ गते हुने निर्वाचनलाई सफल पार्न समितिले सक्दो भरमग्दुर प्रयास जारी राख्दै जाने प्रतिबद्धता व्यक्त गर्नुभयो ।
कार्यक्रममा संचालकको भूमिका निर्वाह गर्नुहुँदै नेपाली कांग्रेस तनहुँ काठमाडौं संपर्क समितिका नविन खनालले संपर्क समितिले निर्वाचन लक्षित विविध कार्यक्रम गर्ने क्रममा पार्टीलाई जनता समक्ष जोडदै आएको उल्लेख गर्दै तनहुँले राष्ट्रिय राजनीतिमा प्रभाव पार्ने हैसियत राख्ने थुप्रै प्रभावशाली नेता पाउनु गर्वको बिषय भएको बताउनुभयो ।